site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चन्द्रागिरिमा गिरीको अग्रता
NIC Asia Banner ad
Argakhachi Cement Island Ad


काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उमेदवार घनश्याम गिरीले अग्रता लिएका छन् । १३ हजार ३४२ मतगणना हुँदा कांग्रेसका उम्मेदवार गिरीले ६ हजार ३१५ मत ल्याई अग्रता कायम गरेका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतले चार हजार ५१६ मत प्राप्त गरेको निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिइन् । 

उपप्रमुखमा भने नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उमेदवार वसन्ती श्रेष्ठले पाँच हजार १९१ मत प्राप्त गरेकी छन् भने गठबन्धनका उम्मेदवार रोशन दानीले एक हजार ४८७ मत प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्