site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बैतडीको सिगासको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

काठमाडौं । बैतडीको सिगास गाउँपालिका अध्यक्षमा कांग्रेसका हरिसिंह धामी विजयी भएका छन् । उनी तीन हजार ४४९ मत ल्याएर विजयी भएका हुन् । 

दोस्रो स्थानमा रहेका एमालेका जस्वीर सिंह बोहराले भने एक हजार ७९८ मत प्राप्त गरे । तेस्रो बनेका माओवादी केन्द्रका राम सिंह साउँदले एक हजार २६४ मत प्राप्त गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, नेकपा(एकीकृत समाजवादी) का कृष्णबहादुर साउँदले १ हजार १३९ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकी धाना धामी विजयी भएकी छन् । उनले २ हजार ९३९ मत प्राप्त गर्दा कांग्रेसकी सुमित्रा ऐरले २ हजार ६९६ मत प्राप्त गरिन् । माओवादीबाट उमेदवार बनेकी लक्ष्मी देवी चन्दले १ हजार ९० मत ल्याइन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्