site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बुंगल नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा नेकपा (एस) विजयी 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । बझाङको बुंगल नगरपालिकाको मतगणना सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार नगरपालिकामा गठबन्धनले जितेको छ । 

प्रमुखमा गठबन्धनको सहयोगले नेपाली कांग्रेस विजयी भयो । नगर प्रमुखमा कांग्रेसका जयबहादुर धामी ७ हजार ६१५ मतका साथ विजयी भए । यस्तै, उनका प्रतिस्पर्धी एमालेका धनदेवी कुँवरले ३ हजार २७१ मत प्राप्त गरिन् । 

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादीका) धनबहादुर बोहरा विजयी भए । उनले ६ हजार ६४६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्मरराज जोशीले २ हजार ९३२ मत प्राप्त गरे ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्