राजनीति

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी रेनु दाहालसँग ६१ मतको अग्रता बनाएका छन् ।
१२ हजार ८६२ मत गणना हुँदा सुवेदीले ४ हजार ४०० मत पाएका छन् भने रेनुले ४ हजार ३३९ मत प्राप्त गरेकी छन् ।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेल एक हजार ९०० मत पाएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १४:२५
प्रतिक्रिया दिनुहोस्