
काठमाडौं । राजस्थान रोयल्सले आइतबार राति लखनउ सुपर जायन्टलाई २४ रनले हराउँदै इन्डियन्स प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
मुम्बईको ब्राबोउर्नी रंगशालामा टस जितेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो । १७९ रनको लक्ष्य पछ्याएको लखनउले आठ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो ।
जितसँगै राजस्थानले १३ खेलबाट १६ अंक जोडेको छ । पराजित लखनउले पनि १३ खेलबाट १६ अंक जोडेको छ । तर, रनरेटका आधरमा राजस्थान अग्रस्थानमा रहेको हो । समान २० अंक जोडेको गुजरात टाइटन्स शीर्ष स्थानमा छ ।
राजस्थानका ओपनर यशस्वी जैसवालले ४१ रन बनाए । देबदत्त प्याडिकलले ३९, कप्तान सञ्जु सामसनले ३२m रियान परागले १९ र जेम्स नीसमले १४ रन बनाए । ट्रेन्ट बोलट १७ र रविचन्द्रन आश्विन १० रनमा अविजित रहे ।
लखनउका रवि विश्नोइले दुई विकेट लिँदा आभास खान, जसोन होल्डर र आयुष बडोनीले एक एक विकेट लिए ।
१७९ रनको लक्ष्य पछ्याएको लखनउका लागि दीपक हुडाले ५९ रन बनाउनु बनाए । मार्कुस स्टोइनिसले २७, क्रुनाल पाण्डेयले २५ र केएल राहुलले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
राजस्थानका बोल्ट, प्रसिद्ध कृष्ण र ओबेड म्याककेएले समान दुई विकेट लिए भने युजभेन्द्र चाहल र आश्विनले एक एक विकेट लिए ।