site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कास्की कांग्रेसका पदाधिकारीलाई कार्यकर्ताले थुने
Tiktok banner adTiktok banner ad

पोखरा । नेपाली कांग्रेसका कार्यकर्ताले चुनावी तालमेलको विरोधमा पदाधिकारीलाई पोखरास्थित पार्टी कार्यालयमा थुनेका छन् । उमेदवारी मनोनयन दर्ताको दिनसम्म पनि कास्कीका धेरै पालिकामा सत्ता गठबन्धनबीच भागबन्डा मिलेको छैन ।

गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा (एकीकृत समाजवादी)का नेता धनराज आचार्यलाई साझा उमेदवार बनाइएको छ । तर, कार्यकर्तालाई सो निर्णय चित्त बुझेको छैन । त्यसकै विरोधस्वरूप आइतबार कार्यकर्ताले जिल्ला सभापतिसहितका पदाधिकारीलाई थुनेका हुन् ।

कास्की कांग्रेसका सचिव भानु ढकालका अनुसार असन्तुष्ट कार्यकर्ताले वार्तास्थल स्नोल्यान्ड होटेलबाट उठाएर उनीहरूलाई पार्टी कार्यालयमा थुनेका हुन् ।

यता, कांग्रेसकै नेता विमलबहादुर कार्कीले पोखराको मेयरमा ‘बागी’ उमेदवारी दर्ता गराएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro