site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवाले असन्तुष्ट नेतालाई छलफलमा बोलाए
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री समेत रहेका सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच चुनावी तालमेल गरिएपछि पार्टीभित्र देखिएको असन्तुष्टि साम्य पार्न बैठक बोलाइएको देउवानिकट एक नेताले जानकारी दिए ।

“बैठकमा चुनावी तालमेलले पार्टीले देशका धेरै स्थानीय तहमा जित हासिल गर्ने भन्दै गठबन्धनपश्चात् देखिएको असन्तुष्टि कम गर्न सबैको भूमिका अपेक्षा गर्दै सभापति देउवाले बैठक बोलाउनुभएको हो,” ती नेताले भने ।

६ महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धन दलहरूबीच भागबन्डा मिलाएपछि पार्टीभित्र इतर समूह असन्तुष्ट छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro