site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङमा चुनावी तालमेल गर्न सत्तासाझेदार दलबीच सहमति जुटेन 
Tiktok banner adTiktok banner ad

विराटनगर । मोरङमा चुनावी तालमेल गर्ने विषयमा सत्तासाझेदार दलहरूबीच सहमति जुट्न सकेको छैन । लगातार बैठक र छलफल गरिरहेका चार दलका नेताबीच जिल्लाका पालिकाहरूमा गठबन्धन गर्ने विषयमा सहमति जुट्न नसकेको हो ।

नेपाली कांग्रेसका मोरङ उपसभापति भक्ति माझीले पहिले जितेका पालिकाहरू नछाड्ने भन्ने नीतिअनुरूप आफ्ना कुरा राखेको बताए । उनले भने, “सत्तासाझेदार दलका अन्य प्रतिनिधिहरूले आफ्नो दाबी प्रस्तुत गर्नुभयो । मैले आफ्नो पार्टीको बटलम लाइन भनेँ । तर, यसै गर्ने भन्ने विषयमा सहमति हुन सकेन ।”

०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस मोरङका १७ मध्ये नौ पालिकामा विजयी भएको थियो । फोरम लोकतान्त्रिक समेत कांग्रेसमा मिलेपछि अहिले १० पालिकामा कांग्रेसको बहुमत छ ।

शनिबारको छलफलमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाका तर्फबाट पालिकामा गरिएको दाबीअनुसार कुन पालिका दिने वा लिने भन्नेमा सहमति जुट्न नसकेको माझीले बताए । “अब जिल्लाको मूल गठबन्धनको फेरि छलफल गर्ने तयारी थालिएको छ,” उनले भने ।

छलफलमा माओवादी केन्द्रका मोरङ संयोजक विजय विश्वास, एकीकृत समाजवादीका उद्धव पोखरेल र जसपाका जिल्ला अध्यक्ष राजकुमार यादव सहभागी थिए । उनीहरूले तालमेलका विषयमा सहमति जुटाउने प्रयास गरेका हुन् ।

मोरङमा एक महानगर, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ स्थानीय तह छन् । विराटनगर महानगरपालिका, नगरपालिकातर्फ रतुवामाई, लेटाङ, सुनवर्षी, उर्लाबारी र सुन्दरहरैँचामा कांग्रेसले जितेको थियो । यसैगरी, गाउँपालिकातर्फ कटहरी, केराबारी र धनपालथानमा विजयी भएको थियो ।

बूढीगंगा गाउँपालिकामा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक विजयी भएको थियो । अहिले त्यो पार्टी कांग्रेसमा मिलिसकेको छ ।

एमालेले बेलबारी र पथरीशनिश्चरे नगरपालिका, मिक्लाजुङ, ग्रामथान र कानेपोखरी गाउँपालिकामा जितेको थियो । रंगेली नगरपालिकामा माओवादी केन्द्र विजयी भएको थियो । जहदा गाउँपालिकामा उपेन्द्र यादव नेतृत्वको जसपा विजयी भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro