site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कैलालीमा जसपाले बनायो नयाँ चारदलीय गठबन्धन
Tiktok banner adTiktok banner ad

धनगढी । सत्ता गठबन्धनमा आबद्ध दल जनता समाजवादी पार्टी (जसपा)ले कैलालीमा अरू दलहरूसँग चुनावी तालमेल गर्ने भएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक पार्टीबीच तालमेल गर्ने निर्णय भएको जसपाका कैलाली अध्यक्ष ग्याप्रसाद कुश्मीले जानकारी दिए ।

थरुहट/थरुवान राष्ट्रिय मोर्चाका नेता लक्ष्मण थारुको उपस्थितिमा शनिबार पत्रकार सम्मेलन गर्दै अधिकार र पहिचानका लागि आन्दोलनरत संघर्ष समितिबीच चुनावी तालमेल गर्ने घोषणा गरिएको हो । "हामी चार दल मात्र होइन, रेशम चौधरी पत्नीको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीलगायत अन्य साना तथा ठूला दलहरूसँग पनि चुनावी तालमेल गर्नेछौँ," जसपाका कैलाली अध्यक्ष कुश्मीले भने, "यसबारे हामीले छलफल तथा बैठकहरू जारी राखेका छौँ ।"

थारु नेता लक्ष्मणले कैलालीका १२ स्थानीय तहमा चार दलका संयुक्त उमेदवार रहने बताए । उनले भने, "थरुहट/थारुवान राष्ट्रिय मोर्चाको पूर्ण समर्थन, पूर्ण ऐक्यबद्धता र यो गठबन्धनलाई चुनावमा पठाउने, जिताउनेमा जोड दिनेछौँ ।"

उनले आफूहरूका माग, मुद्दाहरूलाई सम्बोधन गराउन मोर्चाबन्दी गरेर अगाडि बढेको बताए । "जसपा सत्ता गठबन्धनमा थियो, आजदेखि सो पार्टीले त्यो गठबन्धन तोडेर आन्दोलनरत दलसँग गठबन्धन गरेको छ," उनले भने ।

जसपाका कैलाली अध्यक्ष कुश्मीले धनगढी उपमहानगरपालिकाबाहेक जिल्लाका अरू स्थानीय तहमा अरू दलसँग गठबन्धन गर्न केन्द्रबाट कुनै रोकटोक नरहेको बताए । "धनगढी उपमहानगरपालिकाको उमेदवारको टुंगो र चुनावी तालमेलबारे केन्द्रले निर्णय गर्छ," उनले भने, "अन्य स्थानीय तहमा जिल्लालाई अरू दलसँग गठबन्धन तोड्ने वा गर्नेबारे कुनै रोकटोक छैन ।"

जसपाका केन्द्रीय सदस्य होरिलाल चौधरीले सत्ता गठबन्धनमा ठूला नेताहरू हावी भएको बताए । "हाम्रा मागको सुनुवाइ गर्न कोही इच्छुक छैनन्," उनले भने, "हामीले केन्द्रीय गठबन्धन किन मान्ने ?" उनले विगतदेखि नै संविधान संशोधन गर्न दबाब दिँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी उपाध्यक्ष शर्मिला बागचनले पहिचान र अधिकारका लागि संघर्षरत दलहरू एक ठाउँमा उभिनुको विकल्प नभएपछि सो गठबन्धन गरिएको बताइन् ।

नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष भानुराम थारुले चारदलीय गठबन्धनको नीति, निर्देशन सबै दलका नेता कार्यकर्ताहरूलाई पालना गर्न आग्रह गरे ।

चार दलबीच चुनावी तालमेल गर्ने निर्णय भए पनि कुन स्थानीय तह र वडामा कुन दलका व्यक्तिलाई उमेदवार बनाउने भन्नेबारे टुंगो लागेको छैन । नेता लक्ष्मणले भने, "हामी छलफलमै छौँ । एक हप्ताभित्र उमेदवारहरूको पनि टुंगो लाग्छ ।"

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro