site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बढाइचढाइ गरेर दलहरू आए तालमेलमा समस्या हुन्छ : डा. महत 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धमा आबद्ध दलहरूले स्थानीय तहमा आफ्नो यथार्थ अवस्था लुकाए चुनावी तालमेलमा समस्या आउने बताएका छन् ।

मंगलबार आयोजित पार्टीको पत्रकार सम्मेलनमा उनले अरू दलहरूलाई आफ्नो वास्तविक अवस्था प्रस्तुत गर्न अनुरोध गरे । उनले प्रतिनिधिसभाका सीमित सांसदहरू बाँडफाँड गरेजस्तो स्थानीय तहमा तालमेल गर्न सहज नभएको पनि बताए ।

“टिकटको तय गर्न समय लागेको छ । गठबन्धनको टुंगो लगाउन सहज छैन । सांसदका लागि तालमेल गर्न सहजजस्तो छैन,” उनले भने, “हामीले सबै दलहरूलाई भनेका छौँ, बढाइचढाइ गरेर प्रस्तुत भए तालमेलमा समस्या हुन्छ । वास्तविकताको आधारमा गठबन्धन गरौँ भनेका छौँ ।”

उनले तालमेलको मापदण्डका बारेमा पार्टीको बुधबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल हुने बताए । “पाँच वर्षमा जनाधारमा तलमाथि भएको छ । अरू दलको फुटेका छन् । कांग्रेसमा मात्र प्रवेश गर्ने जनलहर बढेको छ,” उनले भने, “मापदण्डको बारेमा भोलि कार्यसम्पादनको समितिमा कुरा हुन्छ । बाहिर आएको हल्लाजस्तो अहिले केही भएको छैन ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro