site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘कृषि कर्जाको नीतिमा होइन कार्यान्वयनमा समस्या देखियो’

चितवन । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले वित्तीय क्षेत्रमा बुझाइमा समस्या रहेको भन्दै एकअर्कामा आक्षेप लगाउने प्रवृत्ति रहेको बताएका छन् । बिहीबार चितवनमा आयोजित कृषि कर्जा मेलाको कृषि क्षेत्रमा वित्तीय पहुँच र कृषक कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले नीति बनाउने निकायले बनाएर मात्रै नहुने बरु कार्यान्वयन गर्ने बैंक वित्तीय संस्थालगायत इमानदार हुनुपर्ने बताए ।

“आत्मनिर्भर अर्थतन्त्रमा अगाडि बढ्ने हो भने सबैले सकारात्मक पहल गर्नुपर्छ,” उनले भने, “कृषि कर्जामा समस्या भएको होइन । तर, समस्या पोलिसीमा नभई कार्यन्वयनमा देखियो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सहुलियतपूर्ण कर्जाले स्टार्टअपलाई प्रवर्द्धन गर्ने परिकल्पना गरेको यसको अवधि पाँच वर्ष राखिएको उनले बताए ।

“स्टार्टअपलाई प्रवर्द्धन गर्ने परिकल्पना सहुलियतपूर्ण कर्जा कार्यविधिले गरेको छ । पाँच वर्षमा व्यवसाय सस्टेन गर्न ब्याजमा अनुदान दिने परिकल्पना हो,” उनले भने, “पाँच वर्षपछि नयाँले फेरि त्यो सुविधा पाउँछन्, पाँच वर्षको सदुपयोगिता हेरेर समीक्षा हुन्छ ।”

नीतिगत सम्बोधनमा राष्ट्र बैंक कहिल्यै पछि नपर्ने उनले बताए । तर, कार्यान्वयन गर्ने बैंक वित्तीय संस्था र व्यवसायीले इमानदारिता देखाउनुपर्ने उनको भनाइ थियो ।

एउटा उद्देश्यमा कर्जा लिएर अर्काेतर्फ लगानी गर्ने प्रवृत्ति रोक्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १७:०६
प्रतिक्रिया दिनुहोस्