site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेश–१ कांग्रेस प्रमुख सचेतकमा राई
फाइल तस्बिर ।

विराटनगर । नेपाली कांग्रेस प्रदेश–१ संसदीय दलको प्रमुख सचेतकमा सांसद सूयर्माराज राई मनोनीत भएका छन् ।

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बिहीबार सांसद राईलाई प्रमुख सचेतक पदमा मनोनयन गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संसदीय दलको विधान, २०७४ को दफा ११ बमोजिम राईलाई मनोनयन गरिएको कोइरालाले जानकारी दिए ।

यसअघि प्रमुख सचेतक रहेका केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि सो पद रिक्त थियो ।

आफूले पाएको जिम्मेवारीलाई पूर्णतः नैतिकता र इमानदारिताका साथ निर्वाह गर्ने राईले बताए ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १६:४१
प्रतिक्रिया दिनुहोस्