site stats
बाह्रखरी :: Baahrakhari
देश
हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१९ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहान २ बजेको समयमा भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना६त १८४५ नम्बरको खाली ट्याक्टर उक्त स्थानको राप्तीखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा अचानक पुल भाँचिँदा दुर्घटना भएर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

स्याङ्तान ट्याक्टर चालक हुन् । उनको शव पानीमुनि ट्याक्टरले च्यापिएको अवस्थामा ३ः३० बजेको समयमा फेलापरेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ०९:३१
प्रतिक्रिया दिनुहोस्