
ब्रसेल्स । अमेरिकी राष्ट्रपति जो बाइडेन र युरोपेली गठबन्धनबीच बिहीबार ब्रसेल्सका बैठक हुँदै छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनको युद्ध र सर्वसाधारणमाथि बढ्दो आक्रमणविरुद्ध नयाँ उपायहरुको खोजी गर्ने लक्षित गर्न बैठकले संयुक्त मोर्चाबन्दी गर्नेछ ।
बुधवार ब्रसेल्स पुगेका बाइडेनको युद्ध रोकथाम प्रयास, मानवीय उद्धार र रुसविरुद्धको नाकावन्दी अभियानबारे उत्तर एटलान्टिक सन्धि संगठन (नेटो), युरोपेली संघ (ईयू) र प्रभावशाली सात राष्ट्र समूह ( जि –सेभेन)का नेतासँग छलफल गर्ने योजना छ ।
युक्रेनमाथि आक्रमण शुरु गरिनासाथ अमेरिका र युरोपेली संघले रुसका विभिन्न व्यक्तिलगायत संघसंस्थामाथि नाकावन्दी लगाएका थिए ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुल्लिभानले बाइडेनले रुसमाथि थप नयाँ नाकावन्दी लगाउने तथा हाल लगाइएका नाकावन्दीलाई अझै कडा पार्ने विषयमा आफ्नो गठबन्धनसँग छलफल गर्ने मंगलवार बताएका थिए ।
तर, सुल्लिभानले संयुक्त घोषणापत्रमा के–के विषय समेटिने छन् भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । रुसमाथि लगाइएको कडा आर्थिक नाकावन्दीको परिणाम अहिले विश्वभर नै देखापर्न थालिसकेका छ ।
अमेरिकी सरकारी अधिकारीहरु र दि वाल स्ट्रिट जर्नलले हेरेका दस्तावेजहरुका अनुसार बाइडेनले रुसी संसद डुमाका तीन सयजना भन्दा बढी सदस्य माथि नाकावन्दी घोषणा गर्न तयारी गरिरहेका छन् । दि वाल स्ट्रिट जर्नल