site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कार अफ द इयर–२०२२ का सबै शीर्ष फाइनलिस्टहरू इलेक्ट्रिक

काठमाडौं । वर्ल्ड कार अवार्डका आयोजकहरूले चाँडै नै तीन फाइनलिस्टहरूमध्ये एउटालाई विश्व प्रसिद्ध वर्ल्ड कार अफ द इयर–२०२२ को उपाधि पहिराउने छन् । यो अवार्डमा यसपाली इतिहासमै पहिलो पटक तीन ओटै फाइनलिस्टहरू इलेक्ट्रिक कारहरू रहेका छन्।

सन् २०२२ को वर्ल्ड कार अवार्डको फाइनलमा फोर्ड मुस्ताङ, हुन्डाई र किया परेका छन् । आयोजकले अप्रिल १३ मा हुने न्युयोर्क इन्टरनेसनल अटो सोमा यी तीन विद्युतीय कारहरू मध्ये एउटालाई विजेता घोषणा गर्ने छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त समारोहमा वर्ल्ड लक्जरी कार, वर्ल्ड परफमेन्स कार र वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर लगायतका समूहगत विधाहरूमा पनि पुरस्कार वितरण गरिने छ ।

इलेक्ट्रिक कारहरूका लागि छुट्टै श्रेणी रहेता पनिकार अफ द इयरमा तीनओटै फाइनलिस्टहरू इलेक्ट्रिक हुनुलाई उत्सुकताका साथ हेरिएको छ । कार अफ द इयरको तीन ओटै फाइनलिस्ट इलेक्ट्रिक रहेपनि हुन्डाइको आइओनिक पाँचबाहेक अन्य कार इलेक्ट्रिक कारहरूको श्रेणीमा भने परेनन् ।

यी दुवै श्रेणीमा फाइनलमा पुग्नुका साथैवर्ल्ड कार डिजाइन अवार्डको पनि फाइनलमा पुगेको हुनाले सन् २०२२ मा हुन्डाई आइओनिक ५ ले कुनै न कुनै अवार्ड पाउने निश्चित जस्तै रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १७:०७
प्रतिक्रिया दिनुहोस्