
काठमाडौं । नयाँ वर्षको अवसर पारेर जगदम्बा मोटर्सले आकर्षक योजना ल्याएको छ । कम्पनीले ‘आयो, पायो, पर्यो, सोर्यो’ नामक योजना ल्याएको हो ।
यस योजनाअन्तर्गत किने पनि नकिने पनि टीभीएस नेपालको सोसियल मिडियामा भाग लिएर हरेक हप्ता ५० हजार रुपैयाँ जित्ने मौका, किन्नुअघि टीभीएस नेपालमा दर्ता गरेर ५० हजारसम्म जित्न पाइने जनाइएको छ ।
यस्तै, टीभीएसको कुनै पनि बिक्रेताबाट टीभीएसको स्कुटर तथा मोटरसाइकल खरिदमा एक लाखसम्मको छुट पाउनुका साथै बम्परमा किने पनि नकिने पनि टीभीएस नेपालको सोसियल मिडियामा भाग लिएर तीन भाग्यशाली विजेताले अपाचे आरआर ३१० जित्ने मौका पाउने कम्पनीले जनाएको छ । साथै, हरेक खरिदमा शून्य प्रतिशत ब्याजदरमा र एक्सचेन्जमा मासिक ६ हजारमा टीभीएस खरिद गर्न सकिने पनि कम्पनीले जनाएको छ ।