site stats
बाह्रखरी :: Baahrakhari
देश
लेटाङमा कर्फ्यूको अवधि घटाइयो

विराटनगर । मोरङको लेटाङमा लगाइएको कर्फ्यूको अवधि केही कम गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङको चार किल्ला सीमानाभित्र जारी गरेको अनिश्चितकालीन कर्फ्यूको समय हेरफेर गर्दै जारी राख्ने निर्णय गरेको हो ।

अब भोलिदेखि अर्को आदेश नभएसम्म बिहान १० बजेदेखि दिनको ४ बजेसम्म र बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र कर्फ्यू आदेश जारी राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कर्फ्यू नलागेको समयमा स्थानीयले निर्वाध आवागमन गर्न पाउने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

विद्यालयका शिक्षकले एक बालिकालाई दुर्व्यवहार गरेको आरोप लागेपछि आइतबार हिंसा भड्किँदा लेटाङमा एक प्रहरीको मृत्यु भएको थियो । त्यसपछि प्रशासनले अनिश्चितकालिन कर्फ्यू लगाएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्