site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देश बचाउने भए कांग्रेस, एमाले, माओवादीसँग डिभोर्स गर्नुहोस् : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका ठुला भनिने राजनीतिक दलहरूबाट देश नबन्ने बताएका छन् । सुनसरीमा भएको कार्यक्रलाई मंगलबार सम्बोधन गर्दै उनले देश बचाउने भए अहिलेका मुलधारका राजनीतिक पार्टीसँग सम्बन्धविच्छेद गर्नुपर्ने बताए । 

उनले पार्टीहरू जति भए पनि 'विदेशीको पाउ पर्ने र भ्रष्टचार गर्ने' बेलामा एकै ठाउँमा उभिने गरेको दाबी गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यो देश बचाउने भए कांग्रेस, एमाले, माओवादीलगायतका दलहरूसँग डिभोर्स गर्न जरुरी छ । भोट दिने कुरा छोरी दिने भन्दा पनि महत्वपूर्ण हो,” उनले भने, “दलहरू खाने बेलामा, विदेशीको पाउ पर्ने बेलामा एकै ठाउँमा छन् । एमसीसीको विषयमा पनि एउटा टालो लगाएर लाज छोप्दै गए भने ।”

लिङ्देनले अहिलेका राजनीतिक दलहरूको सोचाइ दास प्रवृत्तिको भएको पभन्दै यस्ता पार्टीबाट देश नबन्ने बताए । उनले आउँदो चुनावबाट राप्रपाले जितेको स्थानीय तहमा १२ कक्षासम्म शिक्षा निशुल्क शिक्षा प्रदान गरिने पनि बताए । यस्तै जितेको स्थानीय तहमा जनताले अस्पतालको मुख देख्न नपाएर ज्यान गुमाउनु नपर्ने उनले दाबी गरे ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्