site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालको पूर्वी भागमा असिनापानीसहित हावाहुरीको सम्भावना

काठमाडौं । मौसमविद् डा. धर्मराज उप्रेतीले नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको बताएका छन् ।

भारतबाट समुद्री आँधी सुरु भएको बताउँदै उनले त्यसको प्रभावस्वरूप नेपालको पूर्वी भेगमा हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

६० देखि ७० किलोमिटर प्रतिघन्टाको वेगमा चलिरहेको हावाले बंगालको खाडी र म्यान्मारमा हाल ठूलो पानी पारिरहेको र दुईदेखि तीन दिन अझै यसको वेग बढ्ने बताए ।

शुक्रबारसम्ममा पूर्वी भागमा असिनापानी र हावाहुरी चल्ने सम्भावना रहेको उनले बताए ।

सामान्य हावाहुरी र असिनापानी परे पनि ठूलो असर नदेखिने उप्रेतीको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्