
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थानीय तहको निर्वाचन पार्टीका लागि जीवनमरणको विषय भएको बताएका छन् । मंगलबार जनकपुरधामको तिरहुतिया बरगाछिमा भएको प्रशिक्षण कार्यक्रममा उनले पार्टी हार्दा देश हार्ने दाबी पनि गरे ।
“यो निर्वाचन अरूका लागि चुनाव मात्र हो । तर हाम्रा लागि जीवनमरणको विषय हो । हामी हार्दा देश हार्छ । अरू हार्दा देश जित्छ,” प्रचण्डले कार्यक्रममा भने ।
उनले गठबन्धनको आशा गरेर 'रिल्याक्स' नगर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
“गठबन्धनको आश गरेर रिल्याकस नगर्नुस् । आफ्नो खुट्टा बलियो बनाउनुस,” प्रचण्डको निर्देशन छ ।
त्यस्तै उनले मधेसका युवालाई भाडभैलो गर्न खोज्नेलाई इटको जवाफ पत्थरले दिन पनि भनेका छन् ।
डेढ–दुई महिनामा मधेसलाई क्रान्तिकारीमय र माओवादीमय बनाउनुपर्ने उनले बताए ।