site stats
बाह्रखरी :: Baahrakhari
खेल
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
एनसेल बाह्रखरी गल्फको पहिलो दिन राजकुमार र सुस्मासिंहलाई अग्रता
Ghorahi CementGhorahi Cement

धरान । स्थानीय गल्फर राजकुमार राईले एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको पहिलो दिनमा अग्रता लिन सफल भएका छन् ।

धरान गल्फ क्लबमा सुरु प्रतियोगिताको पाँचौँ संस्करणमा राईले पहिलो दिन ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका हुन् । धरानका राईले २ ‘ह्यान्डी क्याप’मा खेल्दै समग्रमा ४ बर्डी र एक बुगी खेलेका छन् । जसका कारण राईलाई ‘बेस्ट ग्रस र मोस्ट बर्डी’को पनि दाबेदार बनाएको छ । 

Dabur nepal
Agni Group

धरानकै खेलाडी सुयश प्याकुरेल ३७ ‘स्टेबलफोर्ड स्कोर’का साथ दोस्रो स्थानमा छन् । त्यस्तै पोखराका हरि राई, धरानका राम तामाङ र विनोद राई ३५ ‘स्टेबल फोर्ड स्कोर’का साथ संयुक्त रूपमा तेस्रो स्थानमा छन् । 

 

महिलातर्फ काठमाडौंकी सुस्मासिंह शाह ३९ ‘स्टेबलफोर्ड स्कोर’ जोड्दै पहिलो स्थाानमा छिन् । दोस्रो स्थानमा रहन सफल धरानकी सुमित्रा लिम्बुले ‘३७ स्टेबल फोर्ड स्कोर’ गरेकी छन् । 

‘क्लोजेस्ट टू दी पिन’तर्फ धरानका खेलाडी बुद्धिमान सुुनुवार होलको ६ फिट नजिक राख्न सफल भएर अग्र स्थानमा रहन सफल भएका छन् । त्यस्तै सिद्धार्थ राई ‘लङ्गेस्ट ड्राइभ’तर्फ अग्र स्थानमा छन् । 

‘स्टेबलफोर्ड फर्म्याटमा ३ बाई ४ ‘ह्यान्डी क्याप’मा खेलाइएको प्रतियोगितामा पहिलो दिन ५२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये महिलातर्फ पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए भने बाँकी पुरुष खेलाडी थिए । 

प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन शनिबार ४५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

शुक्रबार बिहान बिहान ९ बजे नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘टी अफ’ गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा प्रधानसेनापति शर्माले गल्फलाई आर्थिक सम्मद्धिसँग जोड्न लागेकोमा खुसी व्यक्त गरे । खेलकुदले देशको आर्थिक विकासमा सहयोग पुर्‍याउने उनको अपेक्षा छ । खेलकुदले शारीरिक, मानसिक र मनोवैज्ञानिक पक्षमा सकारात्मक प्रभाव गर्ने भन्दै प्रधानसेनापती शर्माले गल्फ खेललाई धनी व्यक्तिहरूले मात्रै खेल्ने खेलका रूपमा नबुझ्न आग्रह गरेका थिए ।

‘‘गल्फ धनी व्यक्तिहरूले मात्रै खेल्ने खेल हो भन्ने पुरानो सोचबाट बाहिर आउनुपर्छ । गल्फले खेलाडीबीच धेरै नजिकको सामीप्यता ल्याउँछ,’’ प्रधानसेनापति शर्माले भने ।  

गल्फले अनुशासित र जिम्मेवार व्यक्तित्व बनाउन निकै सहयोग पुर्‍याउने भन्दै प्रधानसेनापति शर्माले यसले आर्थिक अवस्थासँगै सामाजिक सद्भाव ल्याएर नेपालीबीच एकता ल्याउने बताए ।

‘‘यसले देशको उन्नतितर्फ लैजान सक्षम हुनेछौँ । अर्थतन्त्र राम्रो हुन्छ भने विकासका काम पनि हुन्छन् । खेलकुद र अर्थतन्त्रलाई सँगसँगै अगाडि लगेकोमा आयोजकलाई धेरै धन्यवाद,’’ उनले भने ।  

युवा उद्यमीहरूमा भएको उत्साहप्रति खुसी लागेको भन्दै उनले यस्ता प्रतियोगिताले गल्फको विकासका लागि सहयोग पुर्‍याउने बताए । 

उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरानमा आमन्त्रित गल्फ प्रतियोगितासँगै समग्र प्रदेशको समृद्धिको मार्गचित्रका लागि युवा उद्यमशिलता कन्क्लेभ र आर्थिक सम्मेलनको आयोजनाले धरानमा बाह्य लगानी भित्र्याउन सहयोग पुग्ने बताए । धरान ऐतिहासिक र महत्त्वपूर्ण सहर भए पनि निजी क्षेत्रको लगानी खासै आउन नसकेको उनले बताए । 

"आफ्नै मौलिकता र संस्कृतिमा अगाडि बढिरहेको सहर हो धरान । यस क्षेत्रमा बाह्य क्षेत्रको खासै लगानी छैन । धरानमा पर्यटन, शिक्षा र अन्य क्षेत्रमा लगानी गर्न आह्वान गर्छु," उनले भने ।

खेलकुदमा नेपाली सेनाको महत्त्वपूर्ण र दह्रो उपस्थिति रहेको भन्दै उनले प्रधानसेनापति उपस्थित भएर खेल क्षेत्रलाई प्रोत्साहन गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

उद्याग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले गल्फलाई समृद्धिसँग जोड्दै यो कार्यक्रमको परिकल्पना गरिएको बताए । उनले खेलसँगै आर्थिक विकासको विषयमा वृहत् छलफल गरिने बताए ।

बाह्रखरी मिडियाका प्रधानसम्पादक एवम् अध्यक्ष प्रतीक प्रधानले नेपाली सेनाले नेपाली खेलकुदलाई प्रोत्साहन गर्दै आइरहेको र सोही कारण प्रधानसेनापतिबाट उद्घाटन गरिएको बताए । निजी क्षेत्रको सहकार्यमा आफूहरूले यस्तो कार्यक्रम आयोजना गर्न सफल भइरहेको बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

धरान गल्फ कोर्सका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बूले पनि कार्यक्रमको सफलताको कामना गरे । गल्फ प्रतियोगिता शनिबार समापन हुनेछ । शुक्रबार अपराह्न सुनसरीको इहटरीमा योङ आन्टरप्रिनुअर्स कन्क्लेभ र शनिबार बिहान विराटनगरमा इकोनामिक समिट आयोजना हुँदैछ ।

 

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu