site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमा एमालेका पाँच आशंका

काठमाडौं । नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव आकस्मिक रूपमा षड्यन्त्रपूर्वक ल्याएको निष्कर्ष निकालेको छ ।

आइतबार साँझ बसेको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले गठबन्धनको कदम अदालतमाथिको प्रहार मात्रै नभएर सिंगो लोकतन्त्रमाथिको प्रहार भएको बताए । 

जनताको सार्वभौतिकतामाथिको प्रहारको रूपमा पनि एमालेले लिएको उनले बताए ।

उनले स्थानीय तहको निर्वाचन धकेल्ने प्रयास र षड्यन्त्रपूर्वक यो कदम आएको हुनसक्ने आशंक व्यक्त गरे । 

त्यस्तै सत्ता पक्ष र प्रतिपक्षकाबीचमा लामो अन्तरालमा सत्तापक्षसँग हुन थालेको संवाद बिथोल्नका षड्यन्त्रको रूपमा आएको अनुमान आफूहरूले गरेको महासचिव पोखरेलले  बताए ।

सर्वोच्च अदालतमा भएका विचाराधीन मुद्दालाई प्रभावित पार्ने र  सर्वोच्च अदालतलाई सत्ताको निर्देशनमा चल्ने निरीह संस्थाको रूपमा रूपान्तरित गर्ने योजनाका साथ अघि बढाइएको आफूले ठानेको पोखरेलले बताए । 

देशलाई अस्थिरता सिर्जना गर्ने उद्देश्यका साथ महाअभियोगको कदम अघि बढाइएको एमालेको आरोप छ ।

“लोकतन्त्रमाथिको  प्रहारका रूपमा, नेपाली जनताले स्थापित गरेको संघीय गणतन्त्रको प्रहारका रूपमा र नेपालको भर्खरै सुदढ गएको राजनीतिक प्रणालीलाई अस्थिर बनाउने, नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यका यो कदम अघि बढाइएको निष्कर्षका साथ हामीले पार्टीको तर्फबाट गम्भीर ढंगले प्रतिवाद गर्नु आवश्यक छ । आम जनताले पनि असफल पार्न आवश्यक छ,” बैठकपछि उनले भने ।

संसदीय दलको बैठक बसेर संसदीय प्रक्रियाबाट गर्ने प्रतिवाद गर्ने उनले बताए । एमालेले सोमबारका लागि संसदीय बैठक बोलाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  २१:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro