site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
११ दिनमै थपिए एक लाख संक्रमित, १५ जिल्ला 'रेड जोन'मा 

काठमाडौं । नेपालमा कोभिड–१९ परीक्षण गरिएकामध्ये आज ४६.३४ प्रतिशत नमुनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आज २५ हजार ९०९ जनामा परीक्षण गर्दा १२ हजार ८ जनाको नतिजा पोजिटिभ आएको हो ।

माघ महिनाका ११ दिनमा मात्रै १ लाख २५ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोभिड १९ संक्रमित हुनेको जम्मा संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या अहिले ८८ हजार ९३४ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यीमध्ये ५६ हजार ८८२ सक्रिय संक्रमित काठमाडौं उपत्यकामा रहेका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लासहित झापा, मोरङ, सुनसरी, धनुषा,चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी, रूपन्देही, बाँके र कैलाली 'रेड जोन'मा रहेका छन् । यी जिल्लामा ६ सयदेखि ९ हजार जनासम्म सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै १८ जिल्लामा २ सयदेखि ५ सयजनासम्म सक्रिय संक्रमित रहेका छन् भने अन्य जिल्लामा यो संख्या २ सयभन्दा कम रहेको मन्त्रालयको तथ्यांक छ ।

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्