site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मुटुमाथि ढुङ्गा राखी हास्नु पर्‍या छ 

‘‘आँखा छोपी नरोऊ भनी भन्नु पर्‍या छ, मुटुमाथि ढुङ्गा राखी हास्नु पर्‍या छ’’ । स्वर सम्राट नारायण गोपालले गाएको यो गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । जजसले यो गित सुन्छन् उनकै लागि गाइएको हो भन्ने लाग्न थाल्छ । अचेल सडक बाट भारत आवतजावत गर्ने यात्रुहरू नारायणगोपाललाई सम्झिँदै यही गीत सुसेलीरहेका हुन्छन् । कारण ? एउटा भए पो । सुरू गर्न चाहन्छु, कोरोना संक्रमणको नाममा सिमाना क्षेत्रमा यात्रुहरू उपर लगाइएको छेकबारबाट । 

कोरोनाले नेपालमा उधुम मचाएको डेढ वर्ष नाघिसक्यो । दस हजारभन्दा बढी नागरिकले ज्यान गुमाइसके, लाखौंले रोजगार गुमाए । यी पीडाहरू आफ्नो ठाँउमा छँदैछन् । परिस्थिति जति सकसपूर्ण भए पनि नागरिकले पापी पेट पाल्नै पर्यो । रोगीले उपचार गराउनै पर्यो । विद्यार्थीले पठनपाठन गर्नै पर्यो ।  

जजसले नेपालभित्रै काम पाए, नेपालभित्रै पढ्न पाए, नेपालभित्रै उपचार पाए, उनीहरू त भाग्यमानी ! समुद्रपारीको देशमा काम, पठनपाठन र उपचार पाउनेहरू थोरैमात्रामा भए पनि भाग्यमानी । बाँकीलाई छिमेकी भारततिर धाउनुबाहेक कुनै विकल्प रहेन । 

Prabhu Bank
Agni Group
NIC Asia

भारत आवतजावत गर्नेहरmमध्ये पर्यटकलाई नगन्ने हो भने थुप्रै यात्रुको प्रयोजन तीर्थाटन, नातागोतामा भेट्घाट र व्यापारिक पनि हुन्छ । अर्थात प्रयोजन जति प्रकारका भए पनि आकाशको बाटो भएर भारत आवतजावत गर्नेहरूको संख्या एक प्रतिशत पनि पुग्दैन होला । 

नेपाल सरकारले विधिवत् सीमानाका खोलेको घोषणा नगरे पनि उनान्सय प्रतिशत यात्रुहरू त सडक बाटो भएर नै भारत आवतजावत गर्छन् । ती यात्रुहरूको सकसपूर्ण यात्रा हेर्नुछ भने कुनै बेला मौका मिलाएर सिमाना क्षेत्रमै पुग्नुपर्छ । 

Global Ime bank

पोकोपन्तरो बोकी असिनपसिन हुँदै पैदल आवतजावत गर्ने बूढाबुढी, बच्चा, युवायुवतीको लस्कर सधैँ भेटिन्छ । जति मान्छे भन्सार नाका भएर आवतजावत गर्ने भेट्नु हुन्छ त्यसभन्दा दस गुणा बढी चोरबाटोबाट । 

उनीहरूकै शब्दमा – ‘भन्सार नाका भएर जाँदा पनि टेम्पो आदि जे सवारीसाधनमा गए पनि सिमानावारी नै छोडिहाल्नु पर्छ । र, दुईचार किलोमिटर त पैदल नै हिड्नुपर्छ । बोनसमा पोकोपन्तरोको तलासी र सोधखोज पनि हुन्छ । कदाचित् आफूसित भएको भारतीय रूपैयाँ तलासी गर्नेहरूको हातमा पर्‍यो भने कालै आए सरह नै हुन्छ । पाँच सय र दुई हजारका भारू त देखाउनै हुन्न ।

अन्यथा, रूपैयाँ त जफत हुने नै भयो । त्यत्तिकै बिगो तिर्न सकिएन भने जेल जानुपर्ने हुन्छ । यति बिध्न दुःख पाउनुभन्दा चोरबाटो नै ठीक ।

प्रसङ्ग जोडौँ भारतीय रूपैयाँको । कुनै बेला नेपाली बजारमा भारू फालाफाल हुन्थे । तपाईँहामी, कसैलाई भारततिर जानु परेमा जति रूपैयाँ चाहिन्थ्यो, खुला बजारमा होस् अथवा बैंकमा सजिलै पाइन्थ्यो । सीमामा पनि खासै सोधखोज हुँदैनथ्यो । यसले अवैध निकासीपैठारीमा मलजल गर्यो भन्दै बिस्तारै नेपाल सरकारले भारू खुला लेनदेनमा कडाइ गर्दै लग्यो । परिणामस्वरूप नेपाली बजारमा भारू दुर्लभ हुँदै गयो । 

कसैलाई जाबो दुईचार हजार रूपैयाँ पनि चाहिएको छ भने घन्टौंसम्म बैंकको ढोकामा आफ्नो पालो कुर्नुपर्ने बाध्यता सुरू भयो ।

कसैलाई सोभन्दा बढी रकम चाहिएको छ भने फलानो प्रयोजनको लागि चाहिएको छ भनेर सबुतप्रमाणसहित नेपाल राष्ट्र बैंकको स्थानीय कार्यालयमा निवेदन चढाउनु पर्ने भयो । कसैलाई पठनपाठनको निमित्त जानु छ भने विद्यार्थी पहिचानपत्र तथा सम्बन्धित शिक्षण संस्थानको कागजात देखाउनु पर्ने भयो । आवतजावतको रेलवे टिकटसित बिन्तीपत्र चढाउने परम्परा पनि सुरू भयो । 

नेपाली जनता पनि के कम । सम्बन्धित बैंक अधिकारीको विश्वास जित्न कोहीकोही त भारततिर तीर्थाटनमा जानु छ भन्दै तिर्थालुको वस्त्र धारण गरेर नेपाल राष्ट्र बैंकको ढोकामा धाउन थाले । कतिपय मान्छे त वैवाहिक प्रयोजनको लागि भारततिर जानु छ भन्दै विवाहको निमन्त्रणा कार्डसहित बैंकमा पुग्न थाले । कोही चिकित्साको निमित्त जानु छ भन्दै चिकित्सकको कागजातसहित धाउन थाले । यति मिहिनेत गर्दा पनि सबै निवेदकले मागेजति भारू पाउलान् भनेर कुनै ग्यारेन्टी हुँदैन । 

कसैले दस पन्ध्र हजार रूपैयाँको सटही गर्ने अनुमति पायो भने उसको लागि  त चिठ्ठा नै पर्यो । फलस्वरूप फस्टाउन थाल्यो भारूको खरिदबिक्री बजार । सिमाना क्षेत्रमा अलि गुपचुप पारामा । तर, भारतीय सिमाना क्षेत्रमा त पानपसल जस्तै नेरूभारू सटही काउन्टरहरू खुलेआम सुरू भए । तोकिएको सटही दरभन्दा झन्डै पाँचदेखि दस प्रतिशत बढी दरमा । सोझो मान्छे परेछ भने पच्चीस प्रतिशतसम्म महँगोमा । जनताको लागि ‘मरता क्या नहीँ करता’ सरह भयो । जे भए पनि भारततिर जानु छ भने भारूको जोहो त गर्नुपर्ने नै भयो ।

यस सम्बन्धमा नेपाल सरकारको आफ्नै तर्क छ – कसैलाई भारततिर जानुछ भने डेबिड अथवा क्रेडिट कार्ड बोकेर जाओस् न । कुनै पनि भारतीय व्यावसायिक अथवा शैक्षिक अथवा स्वास्थ संस्थालाई भुक्तानी पठाउनु छ भने बैंकिङ च्यानलको प्रयोग गरोस्, भारततिर जाने यात्रुले नगद नै बोकेर किन हिड्नु पर्यो ?  नेपाल सरकारको तर्कमा दम त छ तर पचास प्रतिशत मिसावटका साथ । भारततिर हिँडेका यात्रुलाई थुप्रै यस्ता स्थान र प्रयोजनमा रकम खर्चिनु परेको हुन्छ जहाँ नगद भुक्तानीबाहेक कुनै विकल्प नै हुँदैन । थुप्रै ठाँउमा डेबिट अथवा क्रेडिट कार्ड मान्य त छन् तर ठ्याक्क त्यही बेला इन्टरनेटको समस्या तेस्र्याएर स्वाइप मेसिनले हडताल गरेको हुन्छ । 

कतिपय ठाँउमा सेवाप्रदायकहरूले हामीकहाँ इन्टरनेसनल कार्ड चल्दैन भनेर नेपाली बैंकले जारी गरेको कार्ड अस्वीकार गर्छन् । थप जान्नु पर्ने कुरो हाम्रो हातमा कार्ड जस्तोसुकै होस् दिनको भारू दस हजार र महिनाको एक लाख अधिकतम सीमा तोकिएको छ । आजको महँगो जमानामा कुनै गहन उपचार गराउन जानु पर्‍यो, एकदुईटा कार्डले काम नै चल्दैन । अनि कहाँबाट ल्याउनु एक दर्जन कार्ड ।

अब भारतबाट आफ्नो देश फर्किने नेपाली कामदारहरूको कुरो गरौँ । नेपालका लाखौं कामदार भारतमा कार्यरत छन् । प्रायः सडक मार्गबाटै आवतजावत गर्ने भएकाले नेपाल सरकारसँग उनीहरूको पनि तथ्याङ्क छैन । उनीहरू बिदा पाएर नेपाल फर्किँदा भारू नगद नै बौकेर आउनुपर्ने हुन्छ । कारण, भारतको औपचारिक क्षेत्रमा काम गर्ने नेपालीहरूको संख्या साह्रै न्यून छ । प्रायः अनौपचारिक क्षेत्रमै कार्यरत छन् । यी अनौपचारिक क्षेत्रमा कार्यरत नेपाली कामदारलाई बैंक ड्राफ्ट अथवा रेमिट्यान्समार्फत हस्तान्तरण अथवा अन्य कुनै बैंकिङ च्यानलको सुबिधा अझै उपलब्ध भएको छैन । नेपाली सिमानामा समातिए भने अवैध विदेशी मुद्राको अवैध ओसारपसार कानुनअन्तर्गत उनको वर्षभरिको पारिश्रमिक खोसिने भयो, बोनसमा सजाय पनि भोग्नुपर्ने भयो । 

थोरै आँटिला यात्रु आफूसँगै भएका भारू लुकाएर भए पनि जेनतेन नेपालमा पसेकै हुन्छन् । अन्यथा प्रायः भारतीय सिमाना क्षेत्रमा त पानपसल जस्तै नेरूभारू सटही काउन्टरहरूमा शरणागत हुन्छन् । नेपाली यात्रुहरूको बाध्यात्मक परिस्थिति थाहा पाएपछि तिनीहरू झन् निर्मम भइदिन्छन् । भारूबाट नेरूमा सटही गर्दा पनि तोकिएको सटही दरभन्दा झन्डै पाँचदेखि दस प्रतिशत कम दरमा सटही गर्छन् । सोझो मान्छे परे पच्चीस प्रतिशतसम्म कम्तीमा ।

यस्तो स्थितिमा के गरून् जनता ? एक त सगरमाथा आरोहणमा हिँड्याजस्तै नेपालभारतको सिमानामा सकस भोग्नु छ । थप, नियत जति सुकै सफा भए पनि भारत आवतजावत गर्दा भारू लुकाएर लैजानु लानु पर्यो  । कि भारततिर जाँदा भारतीय सीमास्थित सटही काउन्टरबाट महँगो दरमा भारू खरिद गर्नु पर्यो । अनि नेपाल फर्किँदा त्यही सटही काउन्टरमा महँगोमा नेरू किन्नु पर्यो । अनि उनीहरू किन नसम्झुन् नारायणगोपालको गी – ‘मुटुमाथि ढुङ्गा राखी हास्नु पर्या छ.........।’
(वीरगञ्ज)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC