site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादीको बन्दसत्र भोलिसम्मलाई स्थगित, सहमतिबाटै केन्द्रीय कमिटी चयनको प्रयास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ ।

सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भन्दै बन्दसत्र भोलिसम्मका लागि स्थगित गरिएको महाधिवेशन प्रचार तथा प्रकाशन उपसमितिले जनाएको छ ।

यसअघि, नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका प्रकाशित भइसकेको थियो । तर, बन्दसत्र लम्बाइएसँगै निर्वाचन कार्यक्रम पनि स्थगित भएको छ ।

शनिबार सर्वसम्मत रूपमा पार्टीको विधान पारित गरिएको थियो । नयाँ विधानानुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि, केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।

महाधिवेशनले केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । निर्वाचित केन्द्रीय कमिटीले अध्यक्षसहित १५ पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी कमिटी पनि चयन गर्नेछ । पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन् ।

सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि आज दिनभर छलफल चलेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro