site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सधैं ‘इन्काउन्टर’ !  यस्ता छन् ४ वर्षका ५ ‘इन्काउन्टर’
SkywellSkywell

काठमाडौं । महानगरीय अपराध महाशाखाले गएको ४ वर्षमा काठमाडौंमा ५ वटा ‘इन्काउटर’ गरेको छ । जसमा ३ जनाको मृत्यु भएको छ । 

प्रहरीको ‘इन्काउटर’ मा परी गुण्डा नाइके दिनेश अधिकारी चरी, अर्का गुण्डा नाइके कुमार घैँटे र लागुऔषध दुर्वेसनी प्रवीण खत्रीको मृत्यु भयो भने बाँकीलाई प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको छ । 

मृत्यु भएका तिनै जनाबाट प्रहरीले हतियार पनि बरामद गरेको जनाएको छ । 

KFC Island Ad
NIC Asia

२०७१ साल साउन २१ गते प्रहरीले काठमाडौंको भिमढुङ्गामा गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिए । एमाले निकटका गुण्डा नाइके चरीमाथी इन्काउटर हुँदा गृहमन्त्री एमालैकै उपाध्यक्ष वामदेव गौतम थिए । महानगरीय अपराध महाशाखाको प्रहरी टोली चरीलाई पक्राउ गर्न जाँदा चरीले प्रहरीमाथी गोली प्रहार गरेपछि जवाफी कारवाहीमा चरीको मृत्यु भएको प्रहरीले त्यसबेलामा नै तीबेलानै जनाएको थियो । जुन बेला महानगरीय अपराध महाशाखाको नेतृत्व डीआईजी पुस्कर कार्कीले गरेका थिए । चरी मारिँदा केही एमाले नेताहरु चर्को विरोधमा उत्रिए पनि चरी इन्काउन्टर घटनापछि सेलाउँदै गयो । 

२०७२ साल भदौ ३ गते प्रहरीको जवाफी फायरमा सामाखुसीलाई आधार क्षेत्र बनाएर गुन्डागर्दी गर्दै आएका कुमार श्रेष्ठ ‘घैँटे’ को मृत्यु भयो । महानगरीय अपराध महाशाखाको टोली घैटेलाई पक्राउ गर्न उनको घर कपुरधारा जाँदा प्रहरीमाथी गोली चलाउन थालेपछि प्रहरीले जवाफी कारवाही गरेको थियो । घैटेलाई शरीरका विभिन्न ठाँउमा गरी ८ गोली लागेको थियो । घैटे इन्काउन्टरमा मारिएपछि केही कांग्रेस नेताले विरोध जनाएका थिए । पछि त्यो घटना पनि सेलाउँदै गयो । जुन बेला महानगरीय अपराध महाशाखामा डीआईजी सर्वेन्द्र खनाल थिए । 

Royal Enfield Island Ad

त्यस्तै प्रहरीले २०७३ साल असारमा गुन्डागर्दीमा संलग्न जसवन्त राईलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि नै रड प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो । कालीमाटी तथा कंलकी क्षेत्रमा तरकारी पसलदेखि नाङ्लोमा व्यापार गर्नेहरु तथा होटल र रेष्टुरेण्टमा हप्ता असुली गर्दै आएका राईलाई प्रहरीले खोजी गरिरहेको थियो । काठमाडौंको बुद्धनगरबाट पक्राउ गर्ने खोज्दा प्रहरीमाथी रड प्रहार गरी भाग्न खोज्दा राइको खुट्टामा गोली हानेको थियो । 

त्यसैगरी २०७३ फागुनमा बौद्धबाट अपहरणमा परेका तीन जनाको उद्धार गर्न जाँदा प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको थियो । प्रहरीको गोली लागेर अपहरणमा संलग्न दुर्गा तामाङसहित चीन खवास र वीरबहादुर तामाङलाई महाशाखाको टोलीले नियन्त्रणमा लियो । 

सोमबार दिउँसो ललितपुर कुसुन्तीका ३२ वर्षिय प्रवीण खत्री प्रहरी मारिए । प्रहरीकाअनुसार खत्रीले गोली चलाएपछि जवाफी कारवाही गरेको तर खत्रीले नै कन्चटमा गोली हानेका हुन् । तर उनका बुबा प्रमोद खत्रीकाअनुसार प्रहरी घरभित्रै प्रवेश गरेर प्रहरीले गोली हानेको थियो ।

आफन्तका अनुसार भाग्दै गर्दा प्रहरीले खत्रीको टाउकोमा गोली हानेको थियो । 

१० वर्षदेखि लागुऔषध सेवनका साथै कारोबार तथा हतियारको कारोबार गर्दै आएको प्रहरी दाबी छ । खत्रीलाई महानगरीय अपराध महाशाखाको टोली पक्राउ गर्न सोमबार उनको घरमा पुगेपछि उनी कौसीबाट हाम फालेर भाग्दै गरेका बेला प्रहरीले पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथी नै गोली हानेपछि प्रहरीले पनि जवाफी फायर गरेको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए । 

प्रहरी माथी नै गोली हान्न थालेपछि प्रहरीले आत्मरक्षार्थ गोली चलाएपछि त्यसअघि उनले आफैँले बोकेको पेस्तोलबाट कन्चटमा गोली हानेको प्रहरीको दाबी छ । 

“अपराधको रोकथाम तथा नागरिकको सुरक्षा गर्नु कर्तव्य हो,” नेपाल प्रहरीका प्रवक्ता डीआईजी पुस्कर कार्की भन्छन्, “अहिलेसम्म उपत्यकामा जति पनि इन्काउटर भएका छन् तिनीहरु मान्छे मार्नका लागि हैन, गुण्डागर्दीमा संलग्न रहेकालाई कानुनी दायरामा ल्याउनका लागी पक्राउ गर्न खोज्दा प्रहरीमाथी आक्रमण गरेपछि आत्मरक्षाको लागी जवाफी कारवाही गरेको हो ।  जुन कुरा कानुनले पनि दिएको छ ।”

उनले थपे, “अधिकारी चरीको इन्काउटर हुदा महाशाखाको नेतृत्वमा म आफै थिएँ । हामीले चरीलाई गोली हानेर मार्न खोजेका थिएनौं । उनी काठमाडौंबाट भाग्दैछन् भन्ने सूचना आयो । हाम्रो टोली उनलाई पक्राउ गर्न गएको थियो । पक्राउ गर्न गएको प्रहरी टोलीमाथी गोली प्रहार गरेपछि आत्मरक्षाको लागी उनलाई गोली हानीएको थियो ।”

उनले अन्य घटना पनि त्यस्तै प्रकृतिको भएको बताए ।

उनी थप्छन्, “पक्राउ गर्न गएको प्रहरी टोलीमाथी जाईलाग्नु उनीहरुको मुखर्ता हो । प्रहरीमाथी गोली हान्ने चरी घैँटेलाई गोली हान्नुपर्ने अवस्था आयो तर काठमाडौंको बुद्धनगरमा पक्राउ गरिएका जसवन्त राईलाई पक्राउ गर्नकै लागी खुट्टामा गोली हानेर पक्राउ गरियो । उनीसँग हतियार थिएन । तर पक्राउ गर्न गएको प्रहरीलाई रड प्रहार गरेर भाग्न खोजेपछि उनको खुट्टामा गोली हानेर पक्राउ गरिएको थियो ।”

अनुसन्धान तथा ड्युटीमा रहेका प्रहरीमाथी कसैले आक्रमण गर्छ भने आत्मरक्षाका लागी प्रहरीले जवाफी कारवाही गर्न पाउने कानुनी व्यवस्था भए पनि अवस्था हेरेर मात्रै प्रहरीले बल प्रयोग गर्नुपर्ने बताउँछन् अधिवक्ता सुरेश आचार्य ।

उनी भन्छन्, “भाग्दै गरेको अपराधीलाई पनि प्रहरीले अवस्था हेरेर बल प्रयोग गर्न पाउने कानुनी पाटो छ । कुनै अपराधी भाग्न सफल भयो, प्रहरीले भेट्न सकेन, जुन व्यक्ति भागेर समाजमा हानी हुने अवस्था आयो भने त्यस्ता व्यक्तिलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिन सक्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७४  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro