site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । ललितपुर कुसुन्तीमा प्रहरी र लागूऔषध तस्करबीच दोहोरो भिडन्त भएको छ । लागुऔषध कारोबारमा संलग्न प्रवीण खत्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गर्न खोज््दा उनले आफैँले आफ्नो कन्चटमा गोली प्रहार गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले जानकारी दिए । 
खत्रीसँग हतियार रहेको र उनलाई पक्राउ गर्न जाँदा उनले प्रहरीलाई गोली प्रहार गरेपछि उनी पक्राउ पर्ने पक्का भएपछि आफ्नो कन्चटमा आफैँ गोली हानेको एसएसपी अमात्यले बताए । महाशाखाको टोलीले उनी लुकेको घर घेरेको थाहा पाएपछि उनी कौशीबाट हाम फालेर भाग्न खोजेको र प्रहरीलाई समेत गोली प्रहार गर्दै भाग्दै गरेका बेला उनी आफैँले गोली प्रहार गरेको एसएसपी अमात्यले बताए । गोली लागी घाईते खत्रीको पाटन अस्पतालमा उपचार भईरहेको बताए । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन २३, २०७४  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro