site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
१२ नेपाली महिलालाई केन्यामा तस्करी गर्ने क्यानडेली व्यवसायीलाई ३० वर्ष जेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्यानडेली व्यवसायी असिफ अमिरअली अलिभाइ जेठालाई १२ नेपाली महिलाहरु केन्या तस्कर गरेको अभियोगमा पक्राउ गरि ३० वर्षको जेल सजाय सुनाइएको छ । तस्करीका साथै उनीमाथि यात्राका कागजातहरु दुरुपयोग गरेको र मानव तस्करीको प्रचार गरेको समेत आरोप रहेको छ । उनीसँग क्यानडा र ब्रिटेन दुई देशको पासपोर्ट थियो । 

शान्जु कानुन अदालतले उनलाई तीनवटै अभियोगका लागि ३० वर्षको कूल सजायँ सुनाएको छ । यति मात्र नभएर जेठालाई एक देखि दश लाख सोमाली शिलिङको जरिवाना पनि लगाइएको छ । उनले वर्क परमिट बिना व्यवसाय सञ्चालन गर्ने गरेको र अवैध रुपमा विदेशीहरुलाई नियुक्त गर्ने गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

अदालतका अनुसार जेठाले शोषण गर्ने उद्देश्यले नेपाली चेलीहरुलाई नजरबन्दमा राखेका थिए ।

अन्तर्राष्ट्रिय संगठित अपराधिक युनिटका अनुसन्धानकर्ताहरुले २०१९ मा मोम्बासास्थित उनको रंगीला ग्रिल एण्ड बारमा छापा मारेर सबै चेलीहरुको उद्धार गरेको हो । 

Global Ime bank

उनीहरुलाई ‘डान्सर’ का रुपमा काम गराउन जेठाले केन्यासम्म तस्कर गरेको बताइएको छ । उद्धार गरिएका मध्ये दुईजना १६ र १७ वर्षीया किशोरी पनि थिए भने आठजना २२ देखि २६ वर्ष उमेरका थिए अनि बाँकी दुईजना ३० वर्षीय महिला थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ०५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement