site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डिशहोम १२खरी कथा प्रतियोगिताको नतिजा शुक्रबार सार्वजनिक हुँदै

काठमाडौं । बाह्रखरी कथाको तेस्रो संस्करण ‘डिश होम १२खरी कथा प्रतियोगिता २०७८’को नतिजा आउँदो मंसिर ३ गते शुक्रबार सार्वजनिक हुने भएको छ । यस वर्षको कथा प्रतियोगिताको नतिजासँगै प्रतियोगितामा उत्कृष्ट ठहरिएका २५ कथा समेटिएको कथासंग्रह ‘१२खरी उत्कृष्ट कथा २०७८’ पनि सार्वजनिक गरिनेछ ।

बाह्रखरी बुक्सले गत साउन ३१ गते १२खरी कथा प्रतियोगिताका लागि कथा आह्वान गरेको थियो । 

कथा प्रतियोगिताको यस संस्करणका निर्णायकहरूमा आख्यानकार नारायण ढकाल, समालोचक कुमारी लामा र कथाकार विवश पोखरेल रहेका छन् ।

कथा प्रतियोगितामा गत वर्षहरूझैँ प्रथम हुनेले रु. एकलाख, द्वितीय हुनेले रु. ६० हजार र तृतीय हुनेले रु. ४० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । कथा प्रतियोगितामा उत्कृष्ठ २५ भित्र परेका कथाकारलाई पनि उचित पारिश्रमिक दिइने व्यवस्था गरेको आयोजकले बताएका छन् । त्यस्तै उत्कृष्ट ५० भित्र परेका कथाहरू बाह्रखरीको साहित्यिक पृष्ठमा प्रकाशित हुनेछन् । 

यसअघि प्रतियोगिताको दोस्रो संस्करणमा मुना चौधरीको ‘लार’ प्रथम, श्रेयज सुवेदीको ‘बिजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तृतीय भएका थिए । पहिलो संस्करणको प्रतियोगितामा बिना थिङ तामाङको कथा ‘ब्याड भाले’, लक्ष्मण वियोगीको कथा ‘टाउको’ तथा सुमित्रा न्यौपानेको कथा ‘बार्दली’ क्रमशः प्रथम, द्वितिय तथा तृतिय भएका थिए । 
पछिल्लो समय युवा पुस्तामा कथा लेखनप्रतिको आकर्षण जागृत गर्न तथा स्थापित कथाकारको सम्मान गर्ने उद्देश्यले १२खरी बुक्सले हरेक वर्ष देशकै सबैभन्दा ठूलो पुरस्कार राशिको कथा प्रतियोगिता आयोजना गर्दै आएको छ । अग्रजदेखि अनुज पुस्तासम्मका लेखकहरूको संलग्नता हुने गरेको यस कथा प्रतियोगितामा नेपाली भाषामा लेख्न सक्ने विश्वका हरेक कुनामा रहेका नेपालीले सहभागिता जनाउँदै आएका छन् ।

कथा लेखनमा लुकेर रहेको प्रतिभाको खोजी गर्दै नेपाली कथा आख्यानको उन्नयनमा केही योगदान पुर्‍याउन सकियोस् भन्ने हेतुले विगत तीन वर्षदेखि आयोजना गरिँदै आएको डिश होम १२खरी कथा प्रतियोगिता २०७८को मुख्य प्रायोजकमा डिश होम रहेको छ । यस प्रतियोगिताका अन्य प्रायोजकमा नेपाल इन्भेष्टमेन्ट बैंंक, अजोड इन्स्योरेन्स र नेपाल आयल निगम रहेका छन् । 

१२खरी कथा प्रतियोगिता २०७८को नतिजा तथा कथा संंग्रह विमोचन कार्यक्रमको प्रत्यक्ष प्रसारण १२खरी युट्यूब च्यानल, सरोकार टीभी तथा १२खरी फेसबुक च्यानलबाट प्रत्यक्ष प्रसारण गरिने छ ।
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro