site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले सहयोगलाई विस्तारित गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामाजिक सेवामा दुई दशकदेखि सक्रिय हेल्प नेपाल नेटवर्कले स्वास्थ्य, शिक्षा तथा प्राकृतिक विपद्मा गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै आएको छ । पछिल्लो समय कोभिड–१९ को असहज परिस्थितिमा पनि नेटवर्कले कोरोना कहरसंग लडन पृथकरूपमा विभिन्न स्वास्थ्य संस्था तथा राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग पुर्याउँदै आएको छ ।

मुगुको मुर्मामा हेल्थ सेन्टरसमेत संचालन गर्दै आएको हेल्प नेपालले मुलुकका विभिन्न जिल्लाका विद्यालयको निर्माणमा सहयोग पुर्याएको विदित छ । हेल्प नेपालका यि सम्पूर्ण सेवा कार्यमा नेपालसहित बेलायत, अष्ट्रेलिया, अमेरिकालगायतका मुलुकमा रहेका हेल्प नेपालका शाखा (च्याप्टर)हरूले सहयोग जुटाउँदै आएका छन् । 

हालैमात्र नेटवर्कको अष्ट्रेलिया च्याप्टरले विशेष योजनासहित काम सुरु गर्ने जानकारी गराएको छ । हेल्प नेपालको अस्ट्रेलिया च्याप्टरको केही समयअघि सम्पन एजीएमले केशव बानिया क्षेत्रीलाई संयोजकको जिम्मेवारी दिँदै अष्ट्रेलिया शाखाको कार्यलाई विस्तारित गर्ने लक्ष्य लिएको छ । आफ्नो संयोजकत्वको च्याप्टरलाई पूर्णता दिँदै विशेष कार्ययोजनालाई अगाडि बढाउने कामको आफूले गर्ने केशवको भनाई छ । 

Prabhu Bank
Agni Group
NIC Asia

‘वन डलर पर मन्थ’ स्लोगनकासाथ नेपालका लागि सहयोग राशी जुटाउने उद्देश्यका साथ १७ वर्ष अघि अस्टे«लियामा हेल्प नेपालको च्याप्टर स्थापना भएको हो । तत्कालीन समयमा डा. राजु अधिकारीले संयोजनकारी भूमिका निर्वाह गर्दै सहयोगको कार्यलाई गति दिएका थिए ।

सोही समयदेखि नेपालको शिक्षा, स्वास्थ्य र प्राकृत्तिक प्रकोपमा सहायता गर्दै आएको अस्टे«लिया च्याप्टरले केही समय अघि केशव बानियाको नेतृत्वमा अझै थप काम गर्ने अभिभारा उठाएको छ ।

Global Ime bank

केशव बानिया भन्छन्, “हामीले केही विशेष काम गर्ने सोच बनाएका छौँ । विशेषगरी अष्ट्रेलियामा रहनुभएका नेपालीहरूलाई हेल्प नेपालसँग जोड्ने कार्यलाई तीव्रता दिनेछौँ । आगामी दुई वर्षमा सदस्यता अभिबृद्धि गर्दै थप दुई हजार सदस्य संख्या बनाउने हाम्रो उद्देश्य छ ।”

यो महत्वाकांक्षी उद्देश्य लिएर हिँडेका बानिया हेल्प नेपालमार्फत् सहयोग राशी बढाउँदै जाने कुरामा आशावादी छन् । 

अस्टे«लियामा बस्दै आएका नेपालीहरू संस्थाको कार्यक्रमप्रति सकारात्मक रहेको बताउँदै देशप्रतिको माया र लगाव सबैमा रहेको हुँदा यस योजनाले पूर्णता पाउनेमा ढुक्क छन् । 

केही समयअघि मात्रै मेलम्चीमा आएको विपद्मा सहयोग गरेको बताउँदै दश करोड अक्षय कोषको अभियानसहित मुगुमा रहेको हेल्थ सेन्टरलाई अपग्रेड गर्ने कार्यमासमेत सहयोग पुर्याउने आफ्नो सोच रहेको केशव बताउँछन् ।

(तस्बिर : केशव बानियाको फेसबुकबाट ।) 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७८  १०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement