site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Nabil BankNabil Bank
सम्झनामा सूर्यबहादुर केसी– हकी र दयालु 
Sarbottam CementSarbottam Cement

माइती नेपालको भवन बनाएको समयदेखि मैले सूर्यबहादुर केसीलाई चिनेको हो । मैले बुझेसम्म सूर्यबहादुर केसी मजस्तै स्वभावको हुनुहुन्थ्यो, हकी र दयालु । उहाँ निकै हकी र दयालु स्वभावको मैले पाएँ । उहाँमा समाजका लागि केही गर्नुपर्छ भन्ने सोच थियो, समाजका लागि धेरै गर्नु पनि भयो । 

मलाई लाग्छ उमेरमा उहाँ र म सँगै होला । देशभरका मान्छेले मलाई दिज्यु भनेकाले उहाँले पनि मलाई दिज्यु नै भन्नुहुन्थ्यो ।

मैले उहाँलाई सुरुमा ‘निर्माण व्यवसायी’ भनेर नै चिनेको हो । निर्माणकर्ता भएर नै चिनेको हो । माइती नेपालको भवन बनाउन झण्डै दुईवर्ष लाग्यो । त्यो दुई वर्षको दौरानमा मैले उहाँलाई बडो हकी, निर्माणको गुणस्तरमा ‘कम्परमाइज’ नगर्ने व्यक्तिको रुपमा चिने । उहाँले पैसा लिएर बनाइदिनु भए पनि इमानदारिताका साथ यति राम्रो भवन बनाइदिनुभएको छ कि यो भवन बनेको करिब २० वर्ष भयो, अहिलेसम्म एउटा केही पनि बिग्रिएको छैन । माइती नेपालको भवन सन् २००२ मा बनाएका हौं । 

Prabhu Bank
Agni Group
NIC Asia

उहाँको मन गरिबको उत्थानमा थियो । उहाँले आफ्नो कम्पनीमा काम गर्नेहरु पनि गरिब परिवारको इमान्दार व्यक्तिलाई नै राख्नुभएको थियो । उहाँले काममा राख्नुभएका ती व्यक्तिहरु अहिले पनि माइती नेपालमा काम गर्छन् । 

जब बिरामी भएर पहिलो पटक भारतको दिल्ली जानुभयो, त्यो कुरा मैले अन्य कोहीबाट थाहा पाएँ । त्यसपछि दिल्ली फोन गरेर स्वास्थ्यलाभको कामना गरे । यहाँ (माइती नेपालको कार्यालयमा) पनि उहाँको स्वास्थ्यलाभको कामना गर्‍यौं । 

Global Ime bank

माइती नेपालको भवन बनाउन अरु निर्माणकर्ताले जति लिन्थे होलान्, उहाँले त्यति लिनु भएन । उहाँलाई पैसा भन्दा पनि समाजलाई केही दिनुपर्छ भन्ने सोच उहाँमा थियो । 

पछि जब उहाँले ‘भ्वाइस पनि लुज’ गर्नु भएको थियो, त्यति बेला यहाँ आएर मसँग कुरा पनि गर्नुभएको थियो । ‘दिदी मैले कहाँ के के गर्नुपर्छ भन्नुहोस् । म गर्छु’ भन्नुभएको थियो । उहाँ जानुभन्दा दुई वर्ष अगाडि यही मिटिङ हलमा कुरा भएको थियो । त्यति बेला उहाँले ‘पोलिटिकल अफिलेसन’ पनि लिइसक्नुभएको थियो नेपाली कांग्रेसको । 

मैले त्यसबेला अब राजनीति गर्ने हो भनेर सोध्दा उहाँले हासेर ‘होइन दिदी’ भन्नुभएको थियो । उहाँको रिसाएको अनुहार कहिले पनि हुँदैनथ्यो । जहिले पनि हँसिलो थियो ।

राजनीति एउटा पाटो होला तर राजनीति गर्नेहरु म समाज सेवा गर्छु भनेर नै गएको हो । तर, राजनीतिमा गएपछि समाज सेवा गर्दैनन् नि ! भाइ (सूर्यबहादुर केसी) ले त कति समाजसेवा गर्नुभएको छ । समाजसेवा गर्नको लागि राजनीतिमा नै किन जानुपर्छ र ! यो भवन बनाउँदा पनि निकै कम मूल्यमा विडिङ गरेर राम्रो बनाइदिनुभयो । मलाई लाग्छ, यो पनि एउटा समाजको लागि नै केही गर्दैछु भनेर नै उहाँले अन्यभन्दा थोरै मूल्यमा यो भवन बनाइदिनुभएको जस्तो लाग्छ । उहाँले तत्काल फाइदालाई मात्रै हेर्नु हुँदैनथ्यो । यो भवन कसले बनाइदिएको भन्दा सूर्यबहादुर केसीको केसी कन्स्ट्रक्सनले भन्दा उहाँलाई पनि गर्व महसुस हुन्छ भनेर नै अरुले भन्दा सस्तोमा बनाउनुभएको होला । त्यसैले उहाँले समाजसेवा नै गरेको ठिक थियो । 

मान्छेहरुले व्यापारी हो भन्छन् । तर, मलाई उहाँ व्यापारी मात्रै हो भन्ने लाग्दैन । आज उहाँले जे–जे छोडेर जानुभएको छ, ती सबै समाजको लागि नै राम्रो होस् भनेर छाडेर जानुभएको छ । तर, अब सञ्चालन गर्ने व्यक्तिहरुले इमानदारीपूर्वक काम गरिदिनुपर्छ । जस्तो भोलि म मरेँ भने पनि यो ठाउँ (माइती नेपाल) लाई पनि इमानदार मान्छे चाहिन्छ नि ।

उहाँमात्रै होइन उहाँको श्रीमती पनि उस्तै स्वभावको । कोही बेलामा त भगवानले पनि राम्रो राम्रो जुराउँदा रहेछन् । उहाँ अलि हकी स्वभावमा बोले पनि बैनी सफ्ट रुपमा बोल्नुहुन्छ । उहाँका तीन छोराहरु पनि धेरै असल र राम्रा छन् । घरघरको पीडा, मनमनको पीडा त छँदैछ तर समग्रमा मैले केसीको बारेमा भन्नुपर्दा उहाँ पैसा भएर पनि सामाजिक व्यक्ति । उहाँले जे जति गरेर छोडेर जानुभएको छ ति सबै समाजलाई नै उत्थान गर्ने कार्य गरेर जानुभएको छ । हामीले सूर्यबहादुर केसीको योगदानलाई बिर्सियौँ भने त्यो राम्रो होइन । 

उहाँलाई मैले राजनीतिमा नजान भनेको होइन, उहाँ गइसकेपछि मैले थाहा पाएको हो । भाइकै काम राम्रो छ, राजनीतिमा नगएकै भए हुन्थ्यो भनेर पछि भनेको हो । संसारभरका व्यक्ति जो राजनीति गर्छन् उनीहरुले ऐनामा हेरेर सम्झियो भने उनीहरु समाजलाई केही गर्छु भनेर गएको सामाजिक कार्यकर्ता हो । मलाई लाग्छ उहाँ भएको भए अरु धेरै सामाजिक काम हुन्थ्यो होला । 
परिवारलाई सुझाव 

बैनी (केसीकी श्रीमती) र तीन जना छोराहरुले कुनै हालतमा पनि आफ्नो बुबाले जुन बाटो बनाइदिएका छन् त्यो बाटोलाई नबिगारेर त्यसलाई अझै माथि लैजान कोसिस गर्नुपर्छ ।

मलाई लाग्छ, छोराहरुलाई भन्दा पनि भाइले बैनीलाई धेरै कुरा भनेको हुनुपर्छ । त्यसैले बैनीले नै छोराहरुलाई ‘यो हो है बाबाले चाहेको । तिमीहरु यो बाटोमा हिँड’ भनेर बैनीले छोराहरुलाई पनि भन्नुपर्छ । र, तीनैजना छोराहरुले राम्रो गर्नुभएको छ अझ अगाडि लैजानुपर्छ । मैले देखेको अहिलेसम्म राम्रोसँग नै लगेका छन्, यसलाई निरन्तरता दिनुपर्छ । 

अहिले तपाईंसँग कुरा गरिरहँदा सूर्यबहादुर केसी भाइसँग गरेको कुराकानीको झल्झली याद आइरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  ०९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !