site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सावधान ! भदौ, शुक्रबार र शनिबार बढ्दैछन् अपराध 
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकाको बढ्दो जनघनत्वसँगै अपराध पनि उस्तै बढ्न थालेको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयको तंथ्याकअनुसार अघिल्ला वर्षहरुको अनुपातमा गएको आर्थिक वर्षमा पनि उपत्यकाका ३ वटा जिल्लामा विभिन्न अपराधका घटना उल्लेख्य कमी आउन सकेको छैन ।

महानगरीय प्रहरी कार्यालयको तथ्यांकअनुसार गएको आर्थिक वर्षमा ५ हजार ९ सय २४ वटा  विभिन्न अपराधका घटना भए । त्यसैगरी आर्थिक वर्ष ०७२÷०७३ मा ६ हजार २ सय २४ घटना भएका थिए भने आर्थिक वर्ष ०७१÷०७२ मा ५ हजार ९ सय ८८ वटा घटना भएका थिए । 

बिगत तीनवर्षको अपराध हेर्ने हो भने गएको आर्थिक वर्षमा केही अपराधका घटनामा कमी आएको देखिए पनि रोकिएको भने छैन ।

KFC Island Ad
NIC Asia

प्रहरीको तथ्यांकअनुसार गत साउनयता भएका आपराधिक घटनामा सबैभन्दा बढी कर्तव्य ज्यान अन्तर्गत रहेका छन् । एक वर्षको अवधीमा प्रहरीले ८ सय ६३ वटा कर्तव्य ज्यानमा मुद्दा चलाएको छ । त्यसैगरी एक वर्षको अवधीमा उपत्यकाभरबाट ६ सय १४ वटा आर्थिक अपराधका मुद्दा दायर भएका छन् । 

त्यसैगरी प्रहरीले एक वर्षभरमा ३ सय १ वटा महिला तथा बालबालिकामाथि भएको अत्याचारका मुद्दा दायर गरेको छ । प्रहरीको तथ्यांकअनुसार सवारी ज्यानमा १ सय ७६, चोरीमा ४ सय २९, सार्वजनिक अपराधमा २ हजार ८ सय ८४, आत्महत्यामा ४ सय ६४ र विविधमा ६५ मुद्दा दायर गरेको छ । तथ्यांकअनुसार अघिल्लो वर्षभन्दा आत्महत्या, कर्तव्य ज्यान, सवारी ज्यान मुद्दामा केही बढी दायर भएका छन् । 

Royal Enfield Island Ad

महानगरीय प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी अपराधका घटना काठमाडौंमा भएका छन् । काठमाडौंमा ४ हजार ५ सय ८२, ललितपुरमा ८ सय ५८ र भक्तपुरमा ४ सय ८४ ओटा अपराधका घटना भएका छन् । 

कर्तव्य ज्यानमा वृद्धि 
 

प्रहरीका अनुसार आर्थिक वर्ष ०७१/०७२ मा ३६ मुद्दा दर्ता भए । आर्थिक वर्ष ०७२/०७३ मा ४२ वटा दर्ता भए भने  गएको वर्ष ५६ वटा मुद्दा दर्ता भए । 

त्यसैगरी ज्यान मार्ने उद्योगमा ०७१/०७२ मा १ सय ४, ०७२/ ७३ मा ९० र गएको वर्ष १ सय ७ वटा मुद्दा दर्ता भएका छन् । 

त्यसैगरी भवितव्यमा ०७१/०७२ मा ६ सय ८७ जनाको मृत्यु भएको थियो । ०७२/०७३ मा ६ सय ९८ जनाको मृत्यु भएको थियो भने गएको वर्षमा ६ सय ९८ जनाको मृत्यु भएको प्रहरी तथ्यांक छ । 

भदौमा धेरै अपराध 
 

प्रहरी तथ्यांकअनुसार गएको १२ महिनाको अवधीमा सबैभन्दा बढी अपराधका घटना भदौ महिनामा भएका छन् ।  भदौ महिनामा ५ सय ३६ अपराधका घटना भएका छन् । वैशाख महिनामा कम घटेका छन् । 

“दशैं तिहारमा सुरक्षा व्यवस्था कडा हुन्छ, सुरक्षा दशैं तिहार र छठलाई समेटेर ३ महिनाभन्दा बढी सुरक्षा अभियान लागु भएको हुन्छ, त्यसै ती महिनामा अपराध पनि कम हुन्छ र गएको वैशाखमा स्थानीय निकायको निर्वाचन भएकाले सुरक्षा व्यवस्था चुस्त भएका कारण अपराध घटेको देखिन्छ,” महानगरीय आयुक्त डीआईजी बम बहादुर भण्डारीले भने ।


अपराधीको समय साइत  
 

प्रहरीले गरेको विष्लेषणअनुसार सबैभन्दा बढी अपराध शुक्रबार र शनिबार अपराधका घटना धेरै हुने गरेका छन् । यी दुईदिन सम्पूर्ण घटनाको १६/ १६ प्रतिशत घट्ने गरेका छन् भने आईतबार र सोमबार कम हुने गरेका छन् । यी दुईबार १३ / १३ प्रतिशत घटना घट्ने गरेको छ ।

त्यसैगरी बिहानको ६ बजेदेखि १२ बजेसम्म धेरै घटना हुने गरेको प्रहरी विष्लेशण छ ।  त्यसैगरी २६ वर्षदेखि ३५ वर्षका मानिस अपराधमा धेरै संलग्न हुने गरेको प्रहरीको तथ्यांक छ । 
प्रहरीकाअनुसार उपत्यकामा भएका विभिन्न अपराधमा २६ वर्षदेखि ३५ वर्ष उमेरका मानिसहरु २ हजार ३ सय ३८ आपराधिक क्रियाकलापमा संलग्न छन् । त्यस्तै १६ देखि २५ वर्षका २ हजार १ सय ४७ जना संलग्न रहेको देखिएको छ । सम्पूर्ण अपराधको ५९ प्रतिशत १६ देखि ३५ वर्ष उमेरका छन् भने ४१ प्रतिशत अन्य उमेरका मानिसहरु विभिन्न अपराधमा संलग्न भएको प्रहरी तथ्याक छ । 

अपराधी धेरै बेरोजगार 
उपत्यकामा भएका अपराधमा संलग्न ५ हजार १ सय ८२ जना बेरोजगार रहेका छन् त्यसैगरी २ हजार २ सय ६ जना मजदुर विभिन्न अपराधमा सामेल भएको प्रहरीको तथ्यांक छ । त्यस्तै कृषि पेशामा लागेका ३ सय ७२ जना, व्यापारी १ सय ९४ जना र २७ जना कर्मचारी समेत विभिन्न अपराधमा संलग्न रहेको प्रहरीको तथ्यांक छ । 
 

महानगरीय प्रहरी आयुक्त डीआईजी बम बहादुर भन्डारी भन्छन्, “संगठीत अपराध र साईबरक्राईमका घटना बढ्न थालेका छन् । सुचना प्रविधिको विकाससँगै अपराधी पनि चनाखो भएर प्रहरीलाई चुनौति दिँदै संगठित अपराध, साईबरक्राईम र आर्थिक अपराधको बाटोमा लागेको देखिन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७४  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro