site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
विवाद समाधान गर्ने जिम्मा संरक्षक परिषद्लाई दिन माग
Sarbottam CementSarbottam Cement

लन्डन । गैरआवासीय नेपाली सङ्घमा देखिएका विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार रहेको पूर्वअध्यक्ष शेष घलेले बताएका छन् । आइतबार एनआरएनए युकेको अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले विवाद समाधान गर्ने जिम्मा परिषद्लाई दिन आग्रह गरे । 

सङ्घले परराष्ट्र मन्त्रालयको सुझावअनुसार २०२१ अक्टोबर २३ देखि २५ मा गर्ने गरी पूर्वनिर्धारित १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगन गरिएको जनाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सङ्घको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भर्चुअल माध्यमबाट बसेको बैठकले मन्त्रालयको पत्रका सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धित निकायसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको पनि विज्ञप्तिमा जनाइएको छ । सङ्घको १०औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण महाधिवेशन स्थगन गरिएको छ  ।

सङ्घका प्रमुख संरक्षक डा घलेले भने, “सङ्घमा देखिएका समस्या  समाधान गरेर छिटो महाधिवेशन सम्पन्न गर्नुपर्छ । ”

Global Ime bank

कार्यक्रममा लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनालले एनआरएनएले बेलायतस्थित नेपाली दूतावासले एनआरएनए युकेसँग मिलेर काम गरिरहेको बताए । 


एनसीसी अमेरिकाका पूर्वअध्यक्ष तथा २०२१–२३ का लागि ‘टिम कुल’बाट महासचिव पदका उमेदवार डा. केशव पौडेलले अहिलेको नेतृत्वको असक्षमताले गर्दा महाधिवेशन र चुनाव अनिश्चित बन्न पुगेको बताए । रासस 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement