site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ महामारीका कारण नेपाललाई राखिएको रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली संघ यूकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेम गाहामगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यावहारिक मापदण्ड हटाउन अनुरोध गरिएको छ ।

बेलायती यातायातमन्त्री ग्रान्स साप्सलाई सम्बोधन गरी लेखिएको उक्त पत्रमा भारतलाई रातो सूचीबाट हटाइएको तर कोरोनाको दर क्रमशः घटेको नेपाललाई अझै पनि राखिएकाले यो अव्यावहारिक रहेको उल्लेख गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बेलायतमा करिब डेढ लाख नेपाली रहेका र गोर्खाका परिवार तथा अन्य यात्रा गरिरहनेहरूका लागि मापदण्डले झमेला भएको र नेपालबाट बेलायत आउनेले महँगो खर्चमा होटेलमा क्वारेन्टिन बस्नुपर्ने व्यवस्थाले थप असहज भएको भनिएको छ ।

अधिकांशले कोभिडविरूद्धको खोप लगाइसकेका र त्यस आधारमा पनि नेपालीलाई यातायातमा सहज गराउन अनुरोध गरिएको छ । अन्य युरोपेली मुलुकले नेपाललाई रातो सूचीबाट हटाइसकेको र अब केवल बेलायत मात्र रहेको हुँदा आफ्नो मागलाई यथोचित रूपमा बुझेर कदम चाल्न बेलायत सरकारलाई भनिएको छ ।

Global Ime bank

बिहीबार नै संघले लन्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पनि पत्र पठाएर दुई देशबीचको यात्रा सहज गर्न पहलकदमी थाल्न अनुरोध गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement