site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेरधन राईले दिए राजीनामा, भीम आचार्यले मुख्यमन्त्रीको शपथ लिँदै

विराटनगर । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृति भइसकेको बताइएको छ । अब नयाँ मुख्यमन्त्री नियुक्तिको तयारी गरिएको छ ।

भीम आचार्य दलको नेता चयन भएका छन् । आजै बसेको नेकपा (एमाले) प्रदेश–१ संसदीय दलको बैठकमा उनलाई दलको नेता चयन गरिएको हो । २६ सांसदले आचार्यको पक्षमा हस्ताक्षर गरेका छन् । यहाँ एमालेका ५१ सांसद छन् ।

आचार्यले मुख्यमन्त्रीको शपथ लिँदै छन् । विराटनगरमा उनको शपथग्रहणको लागि तयारी गरिएको छ ।मन्त्रिमण्डलमा को–को रहने भन्ने खुलाइएको छैन ।

आचार्यले प्रदेशसभाको सबैभन्दा ठूलो दलको दलका नेताको हैसियतमा मुख्यमन्त्रीको शपथ लिन लागेका हुन् । एक महिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।

प्रदेश–१ को प्रदेशसभा ९३ सदस्यीय हो । विश्वास प्राप्त गर्न ४७ मत आवश्यक पर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro