site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुख्यात वन्यतन्तु तस्कर इयान बेकर ग्रिसमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको फरार सूचीमा रहेका कुख्यात वन्यजन्तु तस्कर अमेरिकी नागरिक इयान बेकर ग्रिसको राजधनी एथेन्सबाट पक्राउ परेका छन् । नेपाल प्रहरीले बेकरलाई इन्टपोलमार्फत सन् २००८ मा रेडकर्नर नोटिस जारी गरेको थियो । 

दुई साताअघि उनलाई ग्रिसको प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी पुस्कर कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीले बाह्रखरीसँग कुरा गर्दै भने, “बेकर पक्राउ परेको कुरा साँचो हो, उनलाई नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरेको थियो । त्यसैका आधारमा उनी ग्रिसमा पक्राउ परेका हुन् । उनी पक्राउ परेपछि ग्रिस प्रहरीलेइन्टरपोलमार्फत नेपाल प्रहरीलाई जानकारी गराएको छ ।”

ग्रिसमा पक्राउ परेका बेकरलाई नेपालमा लागेको अभियोग सम्बन्धी कागजपत्र ग्रिस पठाउने तयारी भइरहेको प्रवक्ता कार्कीले बताए । नेपालबाट उनीमाथिका अभियोगसहितको कागजपत्र पठाएपछि उनलाई इन्टरपोलमार्फत नेपाल झिकाइने प्रहरीको तयारी छ । 

वन्यजन्तुका अंगबाट बनेको ओछ्यानमा सुत्थे बेकर 
२४ वर्षदेखि नेपालमा रहेका अमेरिकी नागरिक इयान बेकरको बालुवाटारस्थित कोठाबाट प्रहरीले ०६५ जेठ ९ गते छापा मारेर वन्यजन्तु र पुरातात्विक गरी एक सय २२ थान अवैध सामग्री बरामद गरेको थियो । 

महानगरीय प्रहरी अपराध महाशाखाले उनी बसेको नक्साल, सम मार्ग ८०७ नम्बरको घरबाट उक्त सामग्रीहरु बरामद गरेको थियो । उनको कोठा छापा मार्ने बेला उनी फरार भएका थिए । 

उनको कोठाबाट प्रहरीले बाघ, हिउँचितुवा, चितुवा, हाबे्र, झारल, घोरल, विभिन्न प्रजातिका चित्तल, स्यालका छाला, हड्डी, नङ र खप्परलगायत विभिन्न अंगहरु बरामद गरेको थियो ।
त्यसैगरी सय वर्ष पुराना टुँडाल, भैरव र विष्णुको मूर्ति, दराज, तोरण, खलु, झ्याल, गजुर, कारने, लामोखलु पनि प्रहरीले उनको कोठाबाट बरामद गरेको थियो, जुन सामग्री अहिलेसम्मकै धेरै हो । 
प्रहरी प्रधान कार्यालय नजिकै उनले एक सानदार घर भाडामा लिएर उक्त सामग्रीहरु सजाएर राखेका थिए । 

उक्त घरको माथिल्लो तलामा बेकर दुर्लभ वन्यजन्तुका अंग तथा सयौं वर्ष पुराना पुरातात्विक सामग्री राखेर चितुवाको छालाले बनेको ओछ्यानमा सुत्ने गरेको प्रहरीले बताएको थियो । 
उनले प्रयोग गर्ने गरेका घरका लुगाफाटो पनि सबै वन्यजन्तुकै अंगबाट बनेका प्रहरीले फेला पारेको थियो । बाघ वा चितुवाको छालाले बनेका ओभरकोट, ज्याकेट, टोपी, कम्मरपेटी, ब्ल्याङकेट, बाकस, दाप, मालासमेत प्रहरीले फेला पारेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन ११, २०७४  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro