site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
राजधानी दैनिकका अध्यक्ष शेरचनको निधन 

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन भएको छ ।

६७ वर्षको उनको निधन भएको राजधानी दैनिकले जनाएको छ । उपचारको क्रममा उनको नेपाल एपीएफ अस्पतालमा बुधबार बेलुका निधन भएको हो । 

राजधानी पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन मिडिया सोसाइटीका पूर्वअध्यक्षसमेत हुन् । संविधानसभा सदस्य समेत रहेका शेरचन वैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष थिए ।

शेरचनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro