site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
अष्ट्रेलिया गएका नेपाली जोडीले लगेजभरि खानेकुरा र बिऊ लगेपछि विमानस्थलमै यसरी रोकियो 
Sarbottam CementSarbottam Cement

ब्रिसबेन । अष्ट्रेलियाको ब्रिसबेनस्थित नेपालबाट गएका एक जोडीको झोलामा शंकास्पद वस्तु फेला पारिएपछि उनीहरुलाई सीमा सुरक्षाबलले प्रवेश गर्नमा रोक लगायो । 

अवैध खाद्य वस्तुलगायतका सामान पत्ता लगाउने प्रशिक्षण प्राप्त कुकुर ती जोडीका अगाडि आएर रोकिएपछि सुरक्षाकर्मीहरुले उनीहरुलाई लगेजबारे विभिन्न प्रश्न गर्दै झोला जाँच गर्न थालेको भिडियो सार्वजनिक भएको छ ।

जाँचका क्रममा उनीहरुले देशमा भित्र्याउन नपाइने किसिमका थुप्रै खाद्य वस्तुहरु फेला पारेपछि सो जोडीको ‘ह्यान्ड ब्याग’ मात्र नभइ सबै लगेज खोलेर हेरिएको छ । यसमा उनीहरुले ल्याएको एउटा लगेज पूरै खानेकुराले मात्र भरिएको देख्दा सुरक्षाकर्मीहरु आश्चर्यमा पनि परेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अष्ट्रेलियाको सीमा सुरक्षा सम्बन्धी एक ‘रियालिटी शो’ कार्यक्रममा नेपाली जोडीको यो घटना देखाइएको हो । 

Global Ime bank

उनीहरुलाई पहिले ती सुरक्षाकर्मीले सीमा प्रवेश गर्नु अगाडि दिइएको खानेकुरा सम्बन्धी ‘ट्राभल कार्ड’ राम्ररी भर्नुभयो कि भएन, यो तपाईँहरुकै ब्याग हो ? यस भित्र के–के छ तपाईँहरुलाई थाहा छ ? जस्ता प्रश्न गरेका छन् । 

त्यसपछि ब्याग खोजतलास गर्दा उनीहरुले अष्ट्रेलियामा अत्यन्तै जोखिमयुक्त मानिने खाद्यवस्तु जस्तै स्याउ, ओखर, नरिवललगायत भाइमसालाको प्याकेट फेला पारेका हुन् जसबारे ती जोडीले आफ्नो कार्डमा कुनै जानकारी गराएका छैनन् ।

त्यसरी निषेध गरिएका वस्तुहरु भित्र्याउनु अगाडि आफ्नो ट्राभल कार्डमा सबै सामानबारे उल्लेख गर्नुपर्ने नियम हुन्छ । 

अन्य मुलुकहरुबाट ताजा फलफुल या तरकारी ल्याउँदा त्यसबाट रोग सर्न सक्ने अनि अष्ट्रेलियामा नभएका किटाणु, संक्रमणहरु भित्रिने र साथै देशको जैविक वातावरणका लागि पनि हानिकारक हुने हुँदा त्यस्ता सामान लैजान निषेध गरिएको छ । 

‘स्टुडेन्ट भिसा’मा गएका ती जोडीले प्याक नगरिएका खुला खानेकुरा बिना जानकारी लैजान खोज्दा समस्यामा परेका हुन् । 

लुगामा बेरेर लगेको विभिन्न सागसब्जीका बिऊहरुले पनि उनीहरुलाई झन् ठूलो संकटमा पारेको देखिन्छ । 

किनकि अष्ट्रेलियामा बाहिरबाट विदेशी प्रजातिका बिऊ भित्र्याउन पूर्ण निषेध छ । यसले त्यहाँका स्थानीय बोटबिरुवा र जैविक प्रणालीमा असर पार्न सक्ने हुँदा अत्यन्तै ठूलो खतरा मानिन्छ । 

यसरी सुरक्षाकर्मीहरुले बिना पूर्वजानकारी लापरबाहीपूर्ण निषेधित वस्तुहरु भित्र्याउन खोजेकामा उनीहरुप्रति निराशा जनाएको देख्न सकिन्छ । यसपछि उनीहरुले तिनलाई ४२० अष्ट्रेलियन डलरको जरिबाना तिर्न लगाएका छन् । यसरी उच्च जोखिमयुक्त खानेकुराहरु नष्ट पारिसकेपछि र नियमपूर्वक उचित कारबाहीपछि मात्र उनीहरुलाई प्रवेश गर्न दिइएको हो । 

तर यसको अर्थ कुनै पनि खाद्य वस्तु लैजानै पाइँदैन भन्ने चाहिँ होइन । राम्ररी सफासँग प्याक गरिएका, भ्याकुम सिल गरिएका या क्यानका खानेकुरा लैजान पाइन्छ । तर प्रायः ती सबैबारे आफ्नो ट्राभल कार्डमा जानकारी गराउँदा राम्रो हुन्छ । आफूले बोकेका सामानहरुबारे सचेत भएर यात्रा गर्ने हो भने कुनै समस्या परिँदैन । 

यसमा निषेध गरिएका खानेकुराहरुमा डेरी उत्पादनहरु पर्दछन् । जस्तै : दूध, दही, घिउ या तिनले बनेका मिठाइलगायत अन्य परिकार खुला रुपमा लैजान पूर्ण निषेध गरिएको छ । किनकि तिनले रोग या किटाणु फैलाउन सक्छन् । 

आधिकारिक निकायहरुले घरमा बनाइएका खानेकुराहरु बोक्दै नबोक्न सुझाव दिने गरेका छन् । 

अस्वीकृत या प्रतिबन्धित गरिएका औषधि, स्टेरोइड, लागू औषधलगायतका वस्तुहरुबारे पहिले नै आफ्नो ट्राभल कार्डमा उल्लेख गर्नुपर्ने हुन्छ । 

त्यस्तै २.२५ लिटर भन्दा धेरै मदिरा, ५० ग्राम बढी तम्बाकू या ५० भन्दा धेरै चुरोट, ९०० अष्ट्रेलियन डलर भन्दा धेरैका ड्युटीफ्रि सामान, व्यवसायिक प्रयोगका लागि स्याम्पलहरु, परम्परागत औषधि या जडिबुटी अथवा खाद्य वस्तु, दश हजार अष्ट्रेलियन डलर भन्दा धेरै क्यास पैसा, बिरुवा, बिरुवाका अन्य भाग, काठ, बिउ, बल्ब, स्ट्र, गेडागुडी र नट्स (बदाम, काजु, ओखर आदि), जीवजन्तु या तिनले बनेका उत्पादन, माटो या माटो जडान वस्तु लैजानु भन्दा अगाडि पनि आफ्नो ट्राभल कार्डमा उल्लेख गर्नैपर्ने हुन्छ । 

अन्डा, दाल, गेडागुडी, पीठो, ताजा फलफुल र सागसब्जी, क्यानमा नराखिएका मासु या पोर्कका उत्पादन, दूध, मकै, काँचो नट्सहरु, माछा, जिवित जन्तु, बिरुवा, जैविक मल, काँचो रुवा, माटोलगायत भित्र्याउँदा सुरक्षाकर्मीहरुले प्रश्न गर्नेछन् या अतिरिक्त शुल्क तिर्नुपर्ने हुन सक्छ भने कति अवस्थामा तिनलाई विमानस्थलमै निकालेर नष्ट पनि गरिन्छ । 

त्यस्तै केक, मह, समुद्री खाना पनि जाँच गरेर मात्र प्रवेश गर्न अनुमति दिइन्छ । 

स्थायी रुपमा अष्ट्रेलिया भित्रिँदै हुनुहुन्छ भने काठका फर्निचर, १२ महिना भन्दा पुरानो मदिरा जस्ता वस्तुहरु जाँच तथा परीक्षण गरेर मात्र लैजान दिइन्छ । 

धेरै मात्रामा औषधिहरु बोक्दा चाहिँ डाक्टरको परामर्शयुक्त डक्युमेन्ट र बिरामीको अवस्थाबारे आधिकारिक डक्युमेन्ट देखाउनुपर्ने हुन्छ । 

विमानस्थलमार्फत् लैजानै नपाइने सामानहरुमा चक्कु, बन्दुकलगायत हतियार र जिवित जनावर तथा बोटबिरुवाहरु पर्दछन् ।

मरमसाला जस्तै धनिया, सुकेका खुर्सानी पनि लैजान अनुमति छैन र यस्ता खानेकुरा विमानस्थलमै नष्ट पारिन सक्छ । मिसावट नगरिएका, पूर्ण सफा प्याकेजिङ र कुनै जीवजन्तु, माइक्रोबायल या फंगल नभएका केही सुख्खा मसाला निर्यात सम्बन्धी नियम पुर्याएर भित्र्याउन दिइनेछ । 

चियापत्तीहरुमा चाहिँ किरा नपरेका या फोहोर मुक्त सफा प्याकेजिङ गरिएका कालो चिया पत्ती या ग्रिन टी प्रवेश गर्न दिइन्छ ।

त्यस्तै अन्य हर्बल चियाका लागि चाहिँ केही आवश्यकताहरु पूरा गर्नुपर्ने हुन्छ जस्तै सहि प्याकेजिङ, लेबल, बिरुवाबाट मात्र उत्पादन गरिएको, पूर्ण रुपमा सुख्खा र १ किलो भन्दा कम भएमा लैजान दिइन्छ । तर चियामा कुनै किसमका बिउ या मल मिसाइएको पाइएमा चाहिँ सुरक्षाकर्मीहरुले रोकेर झोला जाँच गर्न सक्छन् । राम्ररी प्याक गरिएको कफी व्यक्तिगत प्रयोगका लागि दश किलो भन्दा कम मात्रामा लैजान अनुमति छ । 

त्यस्तै ‘भिटमिन लगायत सप्लिमेन्ट’ हरु लैजादा डाक्टरबाट पत्र प्राप्त गर्नुपर्ने हुन्छ र त्यसलाई प्रयोग गर्ने व्यक्ति स्वयम यात्रा गरिरहेको हुनुपर्ने हुन्छ । 

मकै, गहुँ , मैदा लगायत पीठोहरु लैजान प्रायः अनुमति दिइँदैन र विशेष अवस्थामा सम्पूर्ण परीक्षण प्रक्रिया पूरा गरेको भएमा मात्र लैजान पाइन्छ । 

किरामुक्त या बाहिरबाट हेर्दा कतै प्वाल नपरेको, क्षति नपुगेका काठहरु अष्ट्रेलिया लैजान अनुमति छ । तर बिग्रेको संकेत देखा परेमा भने तुरुन्तै त्यसको जाँच गरिन्छ । 

त्यस्तै बदाम, लैजान अनुमति छैन । व्यावसायिक रुपमा प्याक गरिएको, उसिनेको, रोस्ट गरिएको, भ्याक्युम सिलयुक्त प्याकेजिङ भएको वस्थामा मात्र लैजान दिइन्छ । 

बिऊ र दानाहरुले खतरनाक किराहरु उत्पन्न गराउन सक्ने हुँदा तिनलाई पनि लैजान अनुमति छैन । पर्याप्त रुपमा प्रोसेस गरिएकालगायत विभिन्न सुरक्षाका मापदण्ड अपनाइएको बिऊहरु मात्र लैजान अनुमति छ । 

जाम, बट्टाका अचारहरु लैजानु अगाडि पहिले नै जानकारी गराउनुपर्ने हुन्छ । तिनीहरुको प्याकेजिङ राम्रो भएको अवस्थामा मात्र भित्र्याउन दिइनेछ । 

जैविक हानि नपुर्‍याउने सामान जस्तै राखी बाँध्दा लगाइने डोरा, सुन या चाँदीका सिक्का, व्यक्तिगत फोटो, कृत्रिम फुल लगायत लैजान अनुमति छ । तर ड्राइ फ्रुट्स, दाना गेडागुडी, बिउ या फुलले बनेको धागो, माला, दुधले बेनका गुलिया मिठाइहरु लैजान दिइँदैन । 

त्यस्तै कस्मेटिकका सामान र साबुन स्याम्पु आदि लैजान पाइन्छ । व्यवसायिक रुपमा प्याक गरिएका चकलेट पनि लैजान पाइन्छ । जुस र सफ्ट ड्रिङ्क्सहरु पूर्ण रुपमा प्याक गरिएको अवस्थामा लैजान सकिन्छ । प्याक गरिएका चाउचाउ र ‘पास्ता’ लैजान अनुमति छ । 

क्यानमा सिल नगरिएको खुला मासुका उत्पादन भने निषेध गरिएको छ । सफा गरि प्याक गरिएको मिसावट नभएका बिरुवाका तेल लैजान पाइन्छ । 

अष्ट्रेलियाको आधिकारिक खाद्य विभागले जारी गरेको सूची अनुरुप योग्य नभएको चामल भने निषेध गरिएको छ ।  सस, केचप लगायत खानेकुरा व्यक्तिगत प्रयोगका लागि लैजान पाइन्छ तर तिनको पनि प्याकेजिङ राम्रो हुनुपर्छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement