site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
भोजपुरकी प्रथम महिला पीएच. डी. नयना प्रधानको निधन
SkywellSkywell

काठमाडौं । भोजपुर जिल्ला निवासी र सो जिल्लाबाट कलेज उत्तिर्ण गरेर विद्यावारिधीसम्म पुग्ने पहिलो महिला प्राध्यापक डा. नयना प्रधानको ६६ वर्षको उमेरमा गत असार सात गते सोमवार काठमाडौंमा निधन भएको छ ।

वि.सं. २०१२ सालमा भोजपुरमा जन्मिएकी प्रधानले सोही जिल्लाबाट स्कूल सम्मको अध्ययन सकेर काठमाडौं आई नेपाली विषयमा विद्यावारिधी गरेकी थिइन् । उनले नेपाली महिला साहित्यकार र तिनको लेखन् प्रवृत्तिको विषयमा पीएच.डी. गरेर सोही विषयमा केही कृतिहरू पनि प्रकाशित गरेकी थिइन । प्रधानका प्रकाशित भएका उल्लेख्य पुस्तकमा पारिजातः परिचय र अस्तित्ववाद, तोया गुरुङको नवीनतम कवितात्मक उपलब्धि, नेपाली कथा र उपन्यासको विश्लेषण, सूर्यदह, पहेँलो गुलाफ फूलभित्रका कथाहरू रहेका छन् । उनको पुस्तक ‘कथाकार तोया गुरुङ र उनका कथाहरूको मूल्यांकन’ प्रकाशोन्मुख रहेको छ । 

भक्तपुर बहुमुखी क्याम्पसकी नेपाली विभाग प्रमुख रहिसकेकी प्रोफेसर प्रधानले नेपाल विद्याभूषण ‘क’ श्रेणीको पदक २०६६ सालमा प्राप्त गरेकी थिइन् । उनी केही समय बहुविचार नामक साप्ताहिकको सम्पादक तथा प्रकाशक पनि रहेकी थिइन् । 

Dabur Nepal
NIC Asia

भोजपुरको हुलाकी खलकमा जन्म लिएकी प्रधान २०२८ सालमा काठमाडौंमा अध्ययनका लागि तीन दिनको पैदल बाटो हिंडेर धरान र त्यहाँबाट बस चढेर उनी काठमाडौं पुग्ने उनी एक साहसी महिला थिइन् । काठमाडौंमा स्नातकोत्तरसम्मको अध्ययन सकेपछि केही समयको लागि आफ्नै जिल्ला फर्केर उनले भोजपुर क्याम्पसमा पनि प्राध्यापन गरेकी थिइन् । उनले मुख्यतः भक्तपुर क्याम्पसमा प्राध्यापन गरिन् र नेपाली विभागको प्रमुखको रुपमा केही समय काम गरेर अवकाश प्राप्त गरेकी थिइन् । 

एक वर्षअघि उनको प्यान्क्रियाजमा क्यान्सर देखिएको थियो । सोही रोगको उपचार गर्दा गर्दै असार सात गते उनको निधन भएको थियो । प्रधानका श्रीमान् भीमप्रसाद श्रेष्ठ पनि धेरै वर्ष नेपाली पत्रकारितामा संलग्न एक पुरानो नाम हो । प्रधानका श्रीमान्, एक छोरी र एक छोरा छन् । 

डा. नयना प्रधान वरिष्ठ कथाकार परशु प्रधान तथा वरिष्ठ कवि शैलेन्द्र ‘साकार’ की जेठी बहिनी हुन् । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १३, २०७८  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu