site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मनाङेले राजीनामा दिएपछि मुख्यमन्त्री गुरुङले गरे बर्खास्त

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदमुक्त गरेका छन् ।

युवा तथा खेलकुद मन्त्रालय आफैँले हेर्नेगरी उनले मनाङलाई पदमुक्त गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, मुख्यमन्त्री गुरुङले पदमुक्त गर्नुअघि नै मनाङेले पदबाट राजीनामा दिइसकेका थिए । तर, पत्र भने मुख्यमन्त्री कार्यालयमा पुगिसकेकाे छैन । मनाङेले शुक्रबार मात्र पत्र बुझाउने छन् ।

गुरुङले विश्वासको मत लिने तय भएको बिहीबारको प्रदेश सभा बैठकमा मनाङे अनुपस्थित भएका थिए ।

 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  २३:५९
प्रतिक्रिया दिनुहोस्