राजनीति

विराटनगर । प्रदेश १ मा बजेट अधिवेशन आज (सोमबार) शुरु हुँदैछ । दिउँसो २ बजे सुरु हुने आठौं बैठकमा प्रदेश सरकारको नीति कार्यक्रम र बजेट पेश हुनेछ ।
गत वैशाख ५ गते प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन प्रमुख विपक्षी दलको अवरोधबीच टुंगिएको थियो ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ । १५ दिन अगावै पूर्व बजेट छलफल पूरा गर्नुपर्ने भए पनि सरकारले अध्यादेशमार्फत पाँच दिनमै पूरा गर्ने गरी ऐन संशोधन गरेको छ ।
हालसम्म प्रदेश १ संसदले पाँच संशोधन ऐन, दुई संसद् नियमावलीसहित ५६ वटा विधेयक पारित गरेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८ ०८:५५
प्रतिक्रिया दिनुहोस्