site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
बाह्रखरीले सहकर्मी लक्ष्मण चौधरीलाई गुमायो

काठमाडौं । कोभिड–१९ रोगको दोस्रो लहरको बिगबिगीका बीच धेरै नेपाली परिवारलेजस्तै बाह्रखरीले पनि आफ्नो एक अत्यन्त महत्वपूर्ण सदस्य लक्ष्मण चौधरीलाई बिहीबार बिहान गुमाउन पुगेको छ । ४५ वर्षीय चौधरी बाह्रखरीमा वरिष्ठ सहयोगीको रुपमा स्थापनाकालदेखिनै आबद्ध थिए ।

धनगढी, कैलालीका स्थायी बासिन्दा चौधरी अध्ययनकालदेखि काठमाडौंमा बसोबास गर्दथे । पढाइसँगै छापाखानाको काम सिकेका चौधरीले प्रतिबोध प्रिन्टिङ्ग प्रेसमा केही वर्ष काम गरे । पछि विनायक प्रेसमा उनी धेरै समय छपाई प्राविधिकको रुपमा संलग्न रहे । भारतको टीपीएच कम्पनीमा वेब प्रेस सञ्चालनको तालिम लिएका चौधरी पछिल्लो समय कारोबार वितरण समूहमा पनि संलग्न थिए । 

बाह्रखरीमा वरिष्ठ कार्यालय सहायकको रुपमा अन्तिमसम्म कार्यरत् चौधरी त्यस अघि नेपाल टर्की फाउण्डेशनसँग आबद्ध थिए । उनी एक मेहनती, इमान्दार र हरदम संस्थाका लागि डटेर काम गर्ने सहयोगीका रुपमा अत्यन्त रुचाइएका व्यक्ति थिए । अधिकांश पत्रकार र व्यवस्थापनका साथीले “लक्ष्मण दाइ” भनेर बोलाइने चौधरी सबैका लागि अत्यन्तै प्रिय थिए । 

कैलालीको एक निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका चौधरीकी आमाको उनी सानै हुँदा देहान्त भएको थियो भने उनको बुवा पनि दीर्घायु हुन सकेनन् । आमा र बुवा आफू सानो हुँदानै परलोक भएका कारणले उनले सानैदेखि आफ्नै मेहनतले पेट पाल्नु परेको थियो । कर्मयोगी, मेहनती र इमान्दार चौधरीले आफ्नै परिश्रमको बलले एक सहज र खुसी जीवन निर्वाह गर्दै अरुका लागि पनि प्रेरणाको स्रोत बन्न पुगेका थिए । 

चौधरीकी श्रीमती रमिता चौधरी र एक छोरा रमन चौधरी छन् ।  


 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro