site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
हेली एभरेष्टका पाइलटसहित तीन निर्देशकले गरे सगरमाथा आरोहण

काठमाडौं । हेली एभरेष्ट प्रा.लि का तीन जना निर्देशकसहित एक जना पाइलटले सगरमाथाको सफल आरोहण गरेका छन् । हेली एभरेष्टका मार्केटिङ डाइरेक्टर टासि लाक्पा शेर्पा, अप्रेसन डाइरेक्टर तथा पाइलट क्याप्टेन केशव प्रसाद गौचन (सोवित) र प्रमोसन डाइरेक्टर फुर्वा छिरिङ शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् ।

उनीहरूले वैशाख २८ गते मंगलबार बिहान ७ बजे सगरमाथाको शिखरको आरोहण गरेको हेली एभरेष्टका प्रबन्ध निर्देशक फुर गेल्जे शेर्पाले जानकारी दिए ।

उनीहरूले आरोहणसँगै नयाँ कीर्तिमान समेत राख्न सफल भएको कम्पनीले जनाएको छ । क्याप्टेन गौचनले सगरमाथा आरोहण गर्ने पहिलो नेपाली पाइलटको रूपमा कीर्तिमान राख्न सफल भएका हुन् ।

त्यस्तै मार्केटिङ डाइरेक्टर शेर्पाले यसअघि विश्वभर रहेका ८ हजार भन्दा माथिका सबै हिमालहरू तीन जना दाजुभाईहरूले एक साथ सफल आरोहण गरेर गिनिज बुकमा नाम लेखाएर इतिहास कायम गरिसकेका छन् । त्यसैगरी प्रमोशन डाइरेक्टर शेर्पा युवा पर्यटन व्यवसायी हुन् ।

“यो गौरवमय क्षणमा हेली एभरेष्ट परिवार तीनै जना डाइरेक्टरज्यूहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै भबिष्यमा पनि यस प्रकारको गौरवमय तथा नयाँ कीर्तिमानका लागि हार्दिक शुभकामना व्यक्त गर्दछ,” प्रबन्ध निर्देशक शेर्पाले भनेका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro