site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली र नेपाल मिल्ने संकेत देखेपछि प्रचण्डले भने- पार्टीहरू फुट्नुभन्दा जुट्नु राम्रो
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाटीहरूको फुटेको भन्दा जुटेको राम्रो भएको बताएका छन् । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको भेटपछि एमाले एकताबद्ध हुने संकेत देखिएको छ । जसका कारण बहुमतको सरकार बनाउने प्रक्रिया असफल भएको छ ।

प्रचण्डकी पुत्री तथा स्वकीय सचिव गंगा दाहाले उनको भनाइ उदृत गर्दै फेसबुकमा लेखेकी छिन्,“पार्टीहरू फुटेको भन्दा जुटेको राम्रो हो : कमरेड प्रचण्ड ।”

विपक्षी गठन्धनले बहुमतको सरकार गठनको प्रक्रिया अघि नबढाएसँगै एमालेकै सरकार बन्ने भएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २१:१७
प्रतिक्रिया दिनुहोस्