साहित्य

मुम्बई । बलिवुड अभिनेत्री दीपिका पादुकोणलाई कोरोना संक्रमण भएको छ । अहिले उनी परिवारसँग बैंगलुरमा छिन् ।
यसअघि उनका बुवा प्रकाश पादुकोण, आमा उजाला पादुकोण र बहिनी अनीषा पादुकोणलाई पनि कोरोना संक्रमण भएको थियो ।
दीपिकाका बुबाको अहिले बैंगलुर अस्पतालमा उपचार भइरहेको छ । हप्तौँसम्म पनि ज्वरो नघटेपछि उनलाई गत शनिबार अस्पताल लगिएको थियो । प्रकाश पादुकोण सन् १९८० मा प्रतिष्ठित ‘अल इंग्ल्यान्ड च्याम्पियन’ टाइटल जित्ने पहिलो भारतीय हुन् । नवभारत टाइम्सबाट ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८ २१:४१
प्रतिक्रिया दिनुहोस्