दाङ । दाङमा बिहीबार थप २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही र बुटवलमा गरिएको परीक्षणमा बिहीबार थप २०८ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङकाअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २ सय ९ जनाको पीसीआर परीक्षण गर्दा १५५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा तुलसीपुरका ६८ जना, घोराहीका ६७, बबईका ६, गढवाका ५, लमहीका ३ जना, दंगीशरणका २ जना र बंगलाचुली, शान्तीनगर, राप्ती र राजपुरका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बुटवलमा एक सय जनाको परीक्षण गरिएकोमा ५३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा तुलसीपुरका २७ जना, घोराहीका १८, राप्तीका ५ जना, लमही र शान्तीनगरका एक/एक जना संक्रमित थपिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।