site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी केन्द्रले गर्‍यो चार मन्त्रीलाई कारबाही, बादल बाँकी (पत्रसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई कारबाही गरेको निर्णय संघीय संसद् सचिवालयमा बुझाएको छ ।

आज माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्य रहेका मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह सांसद नरहेको जानकारी गराएको हो । राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भने कारबाही गरिएको छैन ।

माओवादीका तर्फबाट ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जामन्त्री, भट्ट उद्योगमन्त्री, चौधरी श्रममन्त्री र साह सहरी विकासमन्त्री छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सत्तारुढ दल नेकपा विभाजित भएपछि माओवादी केन्द्र प्रधानमन्त्री ओलीसँग असन्तुष्ट छ । तर, सोही पार्टीका सांसद हुँदै मन्त्री बनेकाहरुले ओलीलाई साथ दिएपछि कारबाही गरिएको हो ।

पत्र पढ्नोस्

 

 

 

 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १५:३२
प्रतिक्रिया दिनुहोस्