site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपाल भन्छन् – ओली अध्यक्ष रहेसम्म हाम्रो खैरियत छैन

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले केपी शर्मा ओली पार्टी अध्यक्ष रहेसम्म आफूहरुको खैरियत नरहेको बताएका छन ।

आज राजधानीमा वाग्मती प्रदेशको समानान्तर कमिटी घोषणा कार्यक्रममा उनले ओलीसँग आत्मसमर्पण गरेर जान नहुने बताए । सकारात्मक शक्तिसँग एकताबद्ध भएर जान चाहेको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“केपी ओली अध्यक्ष रहेसम्म तपाईं–हाम्रो खैरियत छैन । कर्णालीमा हाम्रो नजिकका एकजनालाई टिकट दिएनन् उनले, “नेता नेपालले भने, “केपी ओलीको त्वम शरणम जसले गछर्, उसले मात्र पाउँछ । अरुको खैरियत छैन ।”

कार्यक्रममा नेता नेपालले चैत ४ र ५ गतेको राष्ट्रिय भेलाले उत्साह जगाएको बताए । भेलाबाट ओलीसँग भविष्य छैन भन्नेमा आशा देखिएको उनको भनाइ थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १३:४९
प्रतिक्रिया दिनुहोस्