site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
छुट्टाछुट्टै कुर्सीको व्यवस्थापन हुने
फाइल तस्बिर ।

मकवानपुर । वाग्मती प्रदेसभाको मंगलबार बस्ने सातौँ अधिवेशन बैठकमा सत्तारुढ दल नेकपा एमाले, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता बस्ने कुर्सीको व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

उक्त बैठककक्षको पहिलो लहरमा सत्तारुढ दल नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल र दोस्रो ठूलो दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँलाई क्रमशः लहरै बस्ने कक्षमा कुर्सीको व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैगरी, उक्त बैठककक्षको भित्र पश्चिमतर्फको स्थानमा विभिन्न साना दलहरुको नेता बस्ने लहरमा नामसहित समावेश गरिएको कुर्सी पनि राखिएको प्रदेशसभा सचिवालयका सचिव खड्काले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेताको रुपमा शालिकराम जम्मकट्टेल, उपनेतामा प्रदेशसभाका सदस्य कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठ नियुक्ति भएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको पनि सो सचिवालयले जनाएको छ ।

प्रदेशसभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय भई आएको कार्यसूचीहरु बैठकमा प्रस्तुत हुने र राष्ट्रिय सरोकारसँग सम्बन्धित विषयको प्रस्तावबारे पनि उक्त बैठकलाई जानकारी दिने व्यवस्था गरिएको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बताए ।

गत माघ ७ गते सातौँ अधिवेशन बैठक शुभारम्भ भई गत माघ ९ गते मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल भई सोही दिनको अपराह्नदेखि अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरिएको थियो । प्रदेशसभामा कुल ११० जना प्रदेशभाका सदस्य रहेका छन् । रासस

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  २०:३४
प्रतिक्रिया दिनुहोस्