site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभामा तीन प्रतिवेदन पेस
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन’ पेस गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष  प्रतिवेदन पेस गरेका हुन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले उक्त समितिको वार्षिक प्रतिवेदन–२०७७ पनि सदनसमक्ष पेस गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७’ पेस गरिन् ।

यसअघि, बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले समानुपातिक निर्वाचन प्रणालीबाट दलित समावेशी सूचीअन्तर्गत प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित जानकीदेवी रामलाई सदनमा स्वागत गर्दै सफल कार्यकालका लागि शुकामना व्यक्त गरे । निर्वाचन आयोगले सानु सिवाको निधनपछि रिक्त पदमा उनी निर्वाचित भएको संसद् सचिवालयलाई यही चैत १९ गते जानकारी पठाएको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २६ गते दिनको १ बजे बस्नेछ । रासस

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  २०:२१
प्रतिक्रिया दिनुहोस्